ब्यबसायिको हित र समाज प्रतिको दायित्व लाई कहिल्यै भुल्नेछैन : अध्यक्ष आचार्य

ब्यबसायिको हित र समाज प्रतिको दायित्व लाई कहिल्यै भुल्नेछैन : अध्यक्ष आचार्य

राम बहादुर बइश्वकर्मा
प्युठान,प्युठान उद्योग वाणिज्य संघको अध्यक्ष युवा व्यवसायी शन्देस आचार्यले ब्यबसायिको हित,आर्थिक पारदर्शिता,सस्थागत बिकास र सामाजिक कार्यलाइ संगै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन।
संघको २७ औं बार्षिक साधारणसभा तथा १२ औं अधिबेशन बाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन।
संघको निवर्तमान कार्यसमितिमा महासचिव भएर काम गरेका उनले अध्यक्षमा निर्वाचित पछि आफ्नो आगामी कार्यकालमा पनि ब्यबसायी संगै सुखदुखमा रहने बताएका छन।व्यवसायीहरुको मर्म,भावना बुझेका आचार्यको संघमा महत्पुर्ण भुमिका रहेको छ।उनी विगतका दिनहरुदेखि नै व्यापारीका समस्या सम्बोधन गर्न लागिपरिरहेका छन्।संघको निवर्तमान कार्यसमितिको महासचिव पदमा रहेर उनले व्यवसायीका थुप्रै समस्याहरुलाई नजिकबाट बुझेका छन् ।
आचार्यले व्यवसायीका हकहित मात्र नभएर विभिन्न सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान पुर्याउँदै आएका छन्।बाढी,पहिरो,कोरोना,भुकम्पजस्ता महामारीमा पनि उनको सहयोग रहँदै आएको छ। विद्यालयहरुमा शैक्षिक सामाग्री हस्तान्तरण,गरिबदुखीलाई खाद्यन्न,लत्ताकपडाहरु पनि वितरण गर्दै आईरहेका उनि महासचिव हुँदा संघको सचिवालय व्यवस्थापन लगायतमा उत्कृष्ट कार्य गरी उद्योगी व्यवसायीमाझ लोकप्रिय छन् ।सबै बिच समान व्यवहार गर्ने,सहयोगी र मिलनसार भएको कारण सर्बसम्मत निर्वाचित बन्न सफल भएको ब्यबसायिहरु बताउँछन।
अग्रजहरुको सल्लाह,सुझाव तथा प्युठान उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीहरुको भावनालाई प्रतिनिधित्व गर्दै आफूले आफ्नो कार्यकाल पूरा गर्ने आचार्यले बताए ।
‘संघको हितमा म सधैं अग्रमोर्चामा रहेर काम गर्दै आइरहेको छु,’उनले भने,‘अब अध्यक्ष भएर कुर्चिमा मात्र रहने हैन ब्यबसायिको हितको लागि अग्रपंक्तिमा रहने छु।सस्थाको हित र समाज प्रतिको दायित्व लाई कहिल्यै भुल्दिन,भन्ने कुरा पैरवी अनलाइनलाइ अबगत गराएका छन ।