सीता बि.क
प्युठान,नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले पत्रकारिता समाजको अभिन्न अंग र परिर्वतनको सम्वाहक भएको बताउनु भएको छ।
नेपाल पत्रकार महासंघ प्युठान शाखाको आठौं अधिबेशनमा प्रेस चौतारी नेपाल बाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष बिष्टले यस्तो बताउनुभएको हो।
पत्रकारिताले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिदैं आएको बताउदै सदैव सत्य र न्यायको पक्षमा वकालत गर्नु पर्नेमा उहाँले जोड दिनुभयो।
पत्रकारले देशका तमाम विकृति,विसङ्गति,भ्रष्टाचार,अनियमितता लगायत भ्रामक तथा मिथ्या सूचनाहरूलाई चिर्दै अन्य समसामयिक विषयवस्तुहरूप्रति तथ्यगत विश्लेषण गर्नु आवश्यक हुन्छ।अध्यक्ष बिष्टले भन्नुभयो- "सुसासन र भ्रष्टाचार अन्त्यका लागि पारदर्शीता गर्न र गराउन पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहने र त्यो भूमिकालाई अझ सशक्त रुपमा निर्वाह गर्न सन्चारकर्मिको महत्वपूर्ण भुमिका रहन्छ।"
सकारात्मक सोचविचार लिएर देश र जनताको हित अनुकूलको पत्रकारिता अब मिसन पत्रकारिता बिना सम्भव नदेखिएको भन्दै पत्रकारिता क्षेत्रलाई मर्यादित र थप जिम्मेवार बनाउनुपर्ने बताउदै नेतृत्वले साझा हितलाई ध्यानमा राखी लोकतन्त्र र सामाजिक न्यायको पक्षमा कलम चलाउन नव निर्वाचित टिमलाई उहाँको आग्रह छ।
पत्रकार महासंघ प्युठान शाखामा श्रीराम भण्डारीको अध्यक्षतामा कोषाध्यक्ष बाहेक अन्य सबै पदमा सर्बसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको थियो।
सो समितिमा प्रेस चौतारी बाट एक उपाध्यक्ष,एक सचिब,सह-सचिब एक(समाबेशी)सदस्य दुई,प्रदेश सदस्य एक,दुई प्रदेश परिषद सदस्य,एक केन्द्रिय परिषद सदस्य निर्वाचित हुनुभएको छ।उक्त अबसरमा पार्टी अध्यक्ष बिजय बिराज बिष्ट,उप-सचिब तथा प्रचार बिभाग प्रमुख इश्वरा आचार्य र प्रेस चौतारी नेपाल प्युठानका इन्चार्ज नेगनसिह कुवरले निर्वाचित टिमलाई खादा र अबिर लगाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्