सीता बि.क
प्युठान,गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा प्युठान नगरपालिका १० मरन्ठाना खरिबोटमा बिहिवार देखि ब्याग बनाउने सीप बिकास तालीम सुरु गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्युठान नगरपालिका ९ का वडा अध्यक्ष नेहरसिह के सि ले सिपलाई सिपमा मात्र सिमित नराखी आयसगँ जोड्नु पर्ने बताउनुभएको छ।
तालिमलाई श्रम र पेशासंग जोड्नु आबश्यक छ, हैन भने तालिम लिएको अर्थ रहदैन’ के सिले भन्नु भयो । तालिम लिएर सदुपयोग नगरे तालिमको अर्थ नहुने उहाँको भनाई छ ।
लघु उद्यम विकासका लागि आफू सहजीकरण गर्न सधैँ तयार हुने प्रतिबद्धता जनाउनु भएको छ । ‘उद्योग विकास र प्रबर्धनका लागि सहजीकरण गर्न हामी सधैँ तयार छौँ, हाम्रो सधैँ सहयोग रहन्छ’ वडा अध्यक्ष के सि ले भन्नुभयो ।
यसै गरी प्युठान नगरपालिका १० का वडा अध्यक्ष पदम गिरीले तालिम बाट सीप लिइसकेपछि पेशाको रुपमा स्थापित हुन सहभागीलाई आग्रह गर्नुभयो।
सहभागीले प्राप्त गरेको सिपलाई बजारसम्म लैजानका लागि वडाले स्थानिय रुपमा सहयोग गर्ने उहाँको भनाई छ।
त्यस्तै उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले नगरपालिका मार्फत महिलाको सुरक्षा,महिलाको सशक्तिकरण ,आय आर्जन र सवलिकरणमा वृहत कार्य गर्दै आएको बताउनुभयो । उहाँले कार्यक्रमको उद्देश्यलाई प्रकाश पार्दै महिलाको सिपलाई बजारसम्म लैजाने,समाजमा स्थापित जीवनयापन गर्न सहजिकरण गर्ने,आयआर्जन अभिवृद्धिका लागि टेवा पुराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो।
उहाँले यो तालिमको अवसरलाई पुर्ण रुपमा सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
साथै बागेश्वरी बहुउद्देश्यीय महिला सहकारी सस्था लि का अध्यक्ष शिवा गिरीले यो तालिमले महिलाहरुलाई आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताउनुभयो ।
४५ दिनसम्म चल्ने उक्त तालिममा प्युठान नगरपालिका वडा नम्बर ९ र १० मरन्ठानाका १८ जना महिलाहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्