सीता बि.क
प्युठान,गाउँपालिकाले प्रवाह गर्ने सेवा पहुँच भन्दा पनि नियम संगत रुपमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठकले बताउनुभएको छ।
गाउँपालिकाको सभाहलमा पालिकाले स्थानियहरु र सरोकारवालाहरुको उपस्थितिका बिच गाउँ पालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सम्पादन गरेका कार्यको सार्वजनिक परीक्षण गरी जनताको धारणा सङ्कलन गर्न आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेको प्रश्नलाई जबादेही बक्ताको रुपमा आएको प्रश्नको जवाफ दिदै पाठकले यस्तो बताउनुभएको हो।
कार्यक्रमलाई संबोधन गर्दै पालिकाका प्रमुख प्रसासकिय अधिकृत पाठकले पालिका मार्फत हरेक गतिविधि गर्ने आफ्नै नियम,कानुन र कार्यबिधी तयार गरिएका हुन्छ्न सोही अनुसार जनउत्तरदायी भएर सार्वजनिक जवाफदेहीतामा सरुमारानी गाउँपालिका अग्रस्थानमा रहेको दाबी गर्नुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले सडक,अनुदान,बत्ती,विद्युत्,ढल निर्माण,कृषि उपजको बजारीकरण,शिक्षा,स्वास्थ्य लगायतका सु-शासनका विषयमा पालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा प्रति प्रश्न राख्नुभएको थियो।
सार्वजनिक सुनुवाई कार्यक्रमलाई संबोधन गर्दै पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले नागरिक र सेवाग्राही बाट अहिलेसम्म पालिकालाई आएका सुझाब वास्तवमै अनुकरणीय रहेको भन्दै सहर्ष ग्रहण गरेको र पालिकामा नागरिक सेवाग्राहीको संतुष्टि सर्वेक्षण गरिएको त्यस्को अध्ययन गरि कमिकमजोरी सुधारका निम्ती कार्यपालिका बैठकमा छलफल गरि कार्यान्वयन गरिएको जानकारी गराउनुभयो।
गाउँपालिका भित्र हुने हरेक कार्यक्रमहरु गुणस्तरीय नहुनेमा शंका नगर्न अनुरोध गर्दै पालिकाले पारदर्शीता र जवाफदेहिता प्रबर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने गरेको उहाँको भनाई थियो।
अध्यक्ष बिश्वकर्माका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांसले सन्तुष्टि व्यक्त गर्नुले सरुमारानिले जनमुखी काम गरेको रहेछ भन्ने प्रमाणित गरेको छ।
प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्यले चालू आर्थिक बर्षको प्रथम चौमासिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिबेदन अनुसार अर्थिक विकास तर्फ ५.८ प्रतिशत,सामाजिक विकास तर्फ १८.४८ प्रतिशत,शुसासन तथा अन्तर सम्वन्धित २७.९४ प्रतिशत र कार्यक्रम संचालन तथा प्रशासनिक क्षेत्रमा १७.३२ प्रतिशत खर्च भएको छ।
त्यस्तै चाुल तर्फ १८.०४ प्रतिशत र पुजिगत तर्फ ६.८९ प्रतिशत गरि हाल सम्म जम्मा १५.५८ प्रतिशत बजेट खर्च भएको छ ।
झुलेनी मिडिया प्रा.लि ले सहजीकरण गरेको कार्यक्रममा सरुमारानी गाउँपालिकाका विभिन्न कार्यालयमा स्थलगत अनुगमन गरी सेवाग्राहीले दिएका प्रतिक्रियाका आधारमा तयार गरिएको सेवाग्राही बहिर्गमन अभिमत सन्तुष्टि र नागरिक प्रतिवेदन सर्वेक्षण प्रतिवेदन प्रा.लि.का शशिधर भण्डारीले सार्वजनिक गरी वाचन गर्नुभएको थियो।
त्यस्तै कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,राजनैतिक दलका नेता,शिक्षक,पेशागत संगठनका अध्यक्ष एवम् प्रतिनिधि,युवा,सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पालिकाले संचालन गरेका योजनाको बिषयमा सहभागिले जिज्ञासा राख्नुभएको थियो भने जवाफदेही वक्ताको रुपमा बिषयगत शाखा प्रमुख एवं जनप्रतिनिधिले जवाफ दिनुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्