राम बहादुर बिश्वकर्मा
प्युठान,नौबहिनी गाउँ पालिका कार्यालय कार्य सम्पादनमा प्रदेशकै उत्कृष्ट कार्यालय ठहरिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यसम्पादनमा लुम्बिनी प्रदेशका स्थानीय तहहरुमध्ये उत्कृष्ट पालिकाको रुपमा घोषणा गर्नुको साथै रोजगार संयोजक पर्बत के.सि लाई पुरस्कृत गरिएको हो।
बुधबार बुटवलमा भएको आर्थिक वर्ष २०८०/०८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम लुम्बिनी प्रदेश स्तरीय वार्षिक समिक्षा कार्यक्रममा सम्मानित भएको संयोजक पर्बत के सि ले जानकारी दिनुभयो।
गाउँपालिका भित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसँग जोड्ने यो कार्यक्रम पहिले भन्दा निक्कै प्रभावकारी हुँदै गएको उहाँले बताउनुभयो ।
तस्बिर :यी हुन प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यसम्पादन मुल्यांकनमा लुम्बिनी प्रदेशकै उत्कृष्ट हुने रोजगार संयोजक पर्वत के.सि.
उहाँका अनुसार आफू उत्कृष्टता प्राप्त गर्नमा पालिकाका सम्पुर्ण जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत,कर्मचारी लगायतको सहयोग,सहकार्य र समन्वय नै महत्वपुर्ण छ जसले गर्दा आफुमा जिम्मेवारी थपिएको महसुस भएको छ।
नौबहिनी गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नागरिकलाई दिँदै आएको सेवाबारे मन्त्रालयले गरेको मूल्यांकनमा सबभन्दा बढी अंक ल्याएर लुम्बिनी प्रदेश कै उत्कृष्ट स्थानीय तह भएको बताइएको छ।
रोजगार संयोजक के.सि ले पालिकाको रोजगार शाखा बाट प्रदान गर्ने सेवा प्रभाबकारी तरिकाले सम्पन्न गर्न सफल हुनुभएको छ।कार्यालयमा ईमानदार शाखा प्रमुखको रूपमा आफूलाई उभ्याऊन सफल के.सि उत्कृष्ट काम गर्ने अधिकृतका रूपमा परिचित हुनुहुन्छ।कार्यक्रमको प्रावधान र प्रारुप अनुसार सम्पूर्ण प्रक्रिया पुर्याएर कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन अहोरत्र खट्नुभएको छ।
यसैबीच भुमेकास्थान नगरपालिका अर्घाखाँची बाट पुष्कर मिश्र,परिवर्तन गाउँपालिका रोल्पा बाट अनिता न्यौपाने लाई पनि सम्मान गरिएको हो।
बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिन तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको दावी छ।
प्रतिक्रिया राख्नुहोस्