निमतारा पोलिक्लिनिकले सुरु गर्‍यो एनोमली स्क्यान सेवा

राम बहादुर बिश्वकर्मा
प्युठान,निमतारा पोलिक्लिनिकले एनोमली सेवा सुरु गरेको छ।प्युठान नगरपालिका-४ बिजुवारमा रहेको निमतारा पोलिक्लिनिकले अत्याधुनिक स्क्यान मेसिनबाट बिरामीहरूलाई सेवाको शुभारम्भ गरेको हो। 
पोलिक्लिनिकका संचालक डाक्टर सुवास जि सि ले जिल्लाकै पहिलो अत्याधुनिक मेसिनको सुविधा पोलिक्लिनिकमा संचालनमा आएको बताउनुभयो।उहाँका अनुसार जिल्लामा यस्तो सेवा सन्चालनमा आए सङ्गै बच्चा आमाको पेटमा आएको १८ हप्ता देखि २२ हप्ता पुगिसकेपछि पेट भित्रको बच्चाको शारीरिक वृद्धि विकासको अवस्था थाहा पाउन एनोमली स्क्यान(Anomaly Scan)गर्न अन्यत्र जानुपर्ने छैन। 
उक्त सेवा बिरामीहरूका लागि विहान ७ बजे देखि १०:३० बजे सम्म बेलुका ५ बजे देखि ७ बजे सम्म प्रदान गर्ने कार्यतालिका रहेको छ।

बच्चा आमाको पेटमा आएको १८ हप्ता देखि २२ हप्ता पुगिसकेपछि पेट भित्रको बच्चाको शारीरिक वृद्धि विकास,बिकलाङ्ग छ छैन उक्त अवस्था थाहा पाउन एनोमली स्क्यान (Anomaly Scan) गर्न अन्यत्र जानुपर्ने छैन।


पोलिक्लिनिकमा  रेडियोलोजिस्ट छवि खड्का सहितको टिमले काम गर्ने डा: जि सि बताउनुभयो ।सुभारम्भ भएको पहिलो दिनमै २ जनाको एनोमली स्क्यान गरिसकिएको छ।जिल्लाका बिरामीलाई सहज र सुलभ रुपमा गुणस्तरीय सेवा प्रदान गर्न निमतारा पोलिक्लिनिकको स्थापना गरिएको अर्का पोलिक्लिनिक सन्चालक डाक्टर प्रकाश जि सि बताउनुहुन्छ।
उहाँका अनुसार पोलिक्लिनिक बाट पेट,छाती,मुटु, कलेजो रोगको उपचार,दम, मधुमेह, थाइराईडरोग विशेषज्ञ सेवा टाउको सुगर,ब्लड प्रेसर,दम खोकीको उपचार,अत्याधुनिक मेशिनद्वारा रगत,दिसा,पिसाब र खकार जाँच गरिन्छ।त्यस्तै पाठेघरको भिडियो एक्सरे सेवा,शरीरमा भएका गाँठागुठीको भिडियो एक्सरे,घाँटीको थाइराईड सम्बन्धि भिडियो एक्सरे,महिलाको स्तनका गाँठागुठीको भिडियो एक्सरे,एपेन्डिक्स तथा प्रोष्टेड सम्बन्धि भिडियो एक्सरे,गर्भवतीको भिडियो एक्सरे,पुरुषको अण्डकोषमा भएका गाँठागुठीको भिडियो एक्सरे,कलेजो,पित्तथैली,किड्नीको भिडियो एक्सरे सुबिधा प्रदान गर्दै आएको छ।
जिल्लाको केन्द्र बिन्दुमा पर्ने प्युठान नगरपालिका -४ बिजुवारमा प्युठान लगायत अर्घाखाँची,रोल्पा र गुल्मी  गरी ४ जिल्लाका बिरामीले समेत गुणस्तरिय स्वास्थ्य सेवा पाउने पोलिक्लिनकले जनाएको छ। पोलिक्लिनिकमा दैनिक ६० जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन्।