बिकासको नाममा भूगोलको अध्यन नगरी धमाधम डोजर चलाउँदा जनजीवन अस्तब्यस्त 

बिकासको नाममा भूगोलको अध्यन नगरी धमाधम डोजर चलाउँदा जनजीवन अस्तब्यस्त 

राम बहादुर बिश्वकर्मा
आज समाजमा सबैभन्दा बढी बहश हुने गर्दछ कि देशको विकास किन भएन ? नेताहरुका सबै भन्दा मिठा भाषण शब्द छन भने,त्यो विकास निर्माणका आस्वासनमा नै होलान।जनताले मतदान गर्दा सबैभन्दा बढी विश्वास त्यसलाई गरेहोलान जसले विकासका कुरा गाउँगाउँमा बिच्छ्याएको हुनुपर्दछ।आज शासन सत्तामा सबैभन्दा बढी पनि त्यही छ होला जसले मत माग्दा विकासका कुरा पक्का बोलेको छ।
पुल नभएको गाउँमा बनाउँछु,स्कुल नभएको ठाउँमा स्कुल बनाउँछु, खेत बाँझो भएको किसानका अघि बोल्नेले मलाई मतदान गरे कुलो बनाउँछु, अध्यारो बस्तिमा बिजुली बल्छ,बाटोघाटो नभएको ठाउँमा मोटर गुडाउँछु।यो सबै जहाँ जस्ले जे बोले जनताको आवश्यकता र अफ्ठोराहरुको संबोधन हुनुपर्दछ ।
तर यसरी विकास भनेर अवैज्ञानीक तरिकाले हतार-हतार सडक बनाउनु अज्ञानता हो।
सडक मार्गको कारणले भविश्यमा गाउँलेहरूले सुखभोग गर्न पाउलान्,तर भावी सन्ततिलाई सुख दिलाउने नाममा वर्तमान पिँढीले सास्ती खेप्न पटक्कै हुन्न।

पछिल्लो समय यता भूगोलको अध्यन नगरी धमाधम डोजर चलाउँदा ग्रामीण क्षेत्रमा निर्माणाधीन तथा निर्मित सडकले बाढिपहिरोको जोखिमलाई प्रवर्द्धन गरेको देखिन्छ।बाटोघाटो विकासको माध्यम हुन् । 
बिडम्बना!यी सडकहरूले विकासभन्दा पहिला विनाश भित्र्याउँदै गरेको हिजो आजका घटनाले दर्शाउँछ ।
विकासभन्दा महत्वपूर्ण कुरा सुरक्षित जीवन हो। जनताका ज्यान भलले बगाएर,माटोले पुरेर ल्याइएको विकास कसैलाई मान्य छैन । वन्यजन्तुका बासस्थान र मानव घरबारलाई जोखिममा पारेर गरिएको विकास कदापि दिगो हुन सक्दैन।

हामीले चाहेको खासमा प्रगति हो वा विकास ? विनासक विकासको नाममा “विकासे एम्बुस” पो हो?
बाटो नपुगेको ठाउँमा बाटो पुग्नु, बाटो भएको ठाउँमा पिच गर्नु आदि कुरालाई एकथरीले विकासको नाम दिइरहेको पनि देखिन्छ । बाटो बनाउने भनेर जसरी पायो त्यसरी बनाउनाले बर्सेनि पहिरोको त्रास र मारमा हामी परिरहेका छौं।विकासका नाममा हामीले खोलाको धार परिवर्तन गरी बस्ती विस्तार गरेका हुन्छौ,जसको मार हामीले देखिरहेका छौं, भोगिरहेका छौं । विकासकै नाम दिएर अव्यवस्थित सहरीकरण गर्दा हामी जल, जमीन र जङ्गलबाट विमुख हुँदै छौं । यो “विकासे एम्बुस” नभएर के ? के हामीले चाहेको यस्तै एम्बुस हो ?
हिजोआज विकासभन्दा दिगो विकासको मान्यतालाई विश्वले स्वीकार गरिसकेको छ। वातावरणीय सन्तुलनलाई ध्यानमा राखेर पछिका पुस्ताले फाइदा पाउने विकास गर्नु नै दिगो विकास हो।यस्तो खालको विकासमा प्रत्यक्ष स्थानीयहरूको सहभागिता रहेको हुन्छ,स्रोत र साधनको उचित प्रयोग हुनुका अतिरिक्त प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्थानीयले लाभ पाउनुपर्दछ । हामीले खोजेको वा चाहेको यस्तै किसिमको विकास हुनुपर्दछ । यदि यसो हो भने समाजलाई त्रसित र आतङ्कित बनाएर गर्न खोजिएको विकास समयमै रोक्नुपर्दछ ।
“रिङ रोड”को नाममा मरन्ठाना  वासीलाई विस्थापित गर्न खोज्नु, सडक विस्तारको नाममा यहाँका स्थानीयहरूलाई उठिबास लगाउन खोज्नु,विकासभन्दा पनि विनास हो।यो त एक किसिमको “स्लो प्वाइजन” हो अर्थात् विकासको नाममा एम्बुस हो।कहिले पड्किन्छ, केही भन्न नसकिने एम्बुस।यस्ता खालका विकासले न स्थानीयलाई फाइदा हुन्छ,न त राज्यलाई नै फाइदा पुग्छ ।

 मानबिय गलत प्रबृत्ति र स्वार्थले दिगो बिकासमा प्रभाव   

प्राकृतिक सम्पदामा  हामीले धेरै हस्तक्षेप गर्‍यौं, विथोल्यौं।त्यस्ता पहाडी क्षेत्रहरुमा संरचनाहरु बनाउँदा पहाडी क्षेत्रमा पहिरो जाने प्रक्रियालाई बढाउने काम हामीले गरिदियौं,त्यसको प्राकृतिक चक्रलाई हामीले खज्मज्याइदियौं । हामीले बनाउने सडक,घर लगायतका गतिविधिहरुले त्यस क्षेत्रका प्राकृतिक रुपमा रहेका पानीका बहाव र गतिविधिहरुमा परिवर्तन आउँछ,पानीका मार्गहरु परिवर्तन भएर जान्छ । फलतः त्यसले पहिरोलाई निम्त्याइदिन्छ। बाढीपहिरोको मुल कारक अविरल वर्षा नै हो। डाँडापाखाका प्राकृतिक संरचना खस्कनु,भत्किनु पहिरोका स्वरुप हुन् ।जलमार्गमा बहाव बढ्दा र अवरोध पैदा हुदा बाढी बिनाशकारी बन्छ। सडकहरूले कसरी पहिरोलाई निम्त्याउन सक्छन् भनेर बुझ्नुभन्दा पहिला पहाडी जलाधार क्षेत्रमा बर्षेझरी कसरी संचार हुन्छ,त्यो बुझन जरुरी देखिन्छ।
बाढी पहिरोको प्राकृतिक चक्रबाट हुने क्षतिलाई बढोत्तरी गर्नको लागि मानवीय पक्षको के कति योगदान रहेको छ त ?हामीले चाहेको खासमा प्रगति हो वा विकास? कि विनासक विकासको नाममा “विकासे एम्बुस” पो हो ?
हिजोआज विकासभन्दा दिगो विकासको मान्यतालाई विश्वले स्वीकार गरिसकेको छ। वातावरणीय सन्तुलनलाई ध्यानमा राखेर पछिका पुस्ताले फाइदा पाउने विकास गर्नु नै दिगो विकास हो ।यस्तो खालको विकासमा प्रत्यक्ष स्थानीयहरूको सहभागिता रहेको हुन्छ, स्रोत र साधनको उचित प्रयोग हुनुका अतिरिक्त प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्थानीयले लाभ पाउनुपर्दछ।हामीले खोजेको वा चाहेको यस्तै किसिमको विकास हुनुपर्दछ।यदि यसो हो भने समाजलाई त्रसित र आतङ्कित बनाएर गर्न खोजिएको विकास समयमै रोक्नुपर्दछ ।


“रिङ रोड”को नाममा मरन्ठाना वासीलाई विस्थापित गर्न खोज्नु,सडक विस्तारको नाममा यहाँका स्थानीयहरूलाई उठिबास लगाउन खोज्नु,विकासभन्दा पनि विनास हो।यो त एक किसिमको “स्लो प्वाइजन” हो अर्थात् विकासको नाममा एम्बुस हो।कहिले पड्किन्छ,केही भन्न नसकिने एम्बुस।यस्ता खालका विकासले न स्थानीयलाई फाइदा हुन्छ,न त राज्यलाई नै फाइदा पुग्छ ।
गत एक हप्ता देखी आएको अबिरल बर्षा को कारण बिछिप्त बनेको प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित मरन्ठाना बुढादेबी बासीको दर्दनाक अबस्थाबाट सिर्जित बिचारमा आधारित रहेर यस लेख तयार गरिएको हो। बाढीले लाखौंको क्षति गरेको छ भने १८ घर परिबार बिस्तापित भइसकेको अवस्था छ उक्त सन्दर्भमा बाढीले क्षति किन बढ्यो र त्यो बढेको क्षतिलाई हामी कति कम गर्न सक्छौं भन्ने प्रश्नमा हाम्रो ध्यान केन्द्रीत हुनु जरुरी छ।

 

अन्तमा
मानिस प्रगतिशील प्राणीका अतिरिक्त स्वार्थी प्राणी पनि हो ।आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर टोल, समाज,देश,राष्ट्र अनि सम्पूर्ण मानव जगतको स्वार्थलाई केन्द्रमा राखेर कुनै काम गरिन्छ भने त्यसलाई देशकै हितको रुपमा लिने गर्छौं।यसरी हित चिताएर सबैको भलाइका लागि गरिने विकासमा हामीले आफ्नो ध्यान गर्नुपर्छ।कुनै सीमित व्यक्ति वा समूहको स्वार्थ पूर्ति गर्न लहैलहैमा लाग्दा विकासको नाममा विनास निम्तिन सक्छ । यस्ता “स्लो प्वाइजन” को सिकार तपाईं–हामी नै हुनसक्छौं । समयमै सचेत भई राज्य,व्यक्ति वा कुनै संस्थाले गरेको काम वा कार्यक्रमलाई आलोचनात्मक रुपले हेरेर सही गलत छुट्याएर सल्लाह दिएमा सबैको हित हुनेछ।अनि हामीले चाहेको जस्तो विकास गर्नसक्छौं।