राजन बिश्वाकर्मा
हामी कहिलेकाही अत्यन्त अप्रिय घटनाहरु सुनिरहेका हुन्छौं मानिसले आत्मा हत्या गरिरहेको फल्ना यसरी यो गरेर त्यो गरेर मृत्यु भयो भनेर सुनिरहेको हुन्छौं ती घटना देखि रहेको हुन्छौं मानिसले आत्मा हत्या किन गर्छ भन्ने बारेमा म केहि जानकारी गराउछु सबै मेरो लोकप्रिय मित्रहरू लाई म त्यस्तो कुनै मन बैज्ञानिक मन बिज्ञान कोही पनि केहि पनि हैन तर मलाई लाग्द छ मानिस जब दुखी बन्छ तब उसले अरु कुनै बाटो देख्दैन्न तब त्यो निर्णय गर्छ जस्तो लाग्छ तर यहाँ म के भन्न चाहन्छु भने जिबन भनेको एउटा मात्रै बाटो भएको जिबन भनेको एउटा मात्रै आशा भएको अवधारणा होईन जिबनमा हजारौं बाटाहरु हुन्छन् हजारौं साथीहरू हुन्छन् हजारौं विकल्प हरु हुन्छन् जीवनका त्यसो भएको कारणले गर्दा खेरी कोही कसैले प्रेममा धोका पायो कोही कसैले आफ्नो श्रीमान श्रीमतिले धोका दियो भन्दा आत्मा हत्या गर्न पर्छ भन्ने कुरा हुदैन।
जिबन गतिशील छ गतिशील जिबनमा जसरी हाम्रो दिन परिवर्तन हुन्छ साल सम्वत परिवर्तन हुन्छ त्यसरी नै मान्छेको जिबन परिवर्तन हुँदै जान्छ कोहि गरीब छ भने आज उ धनी बन्न पनि सक्छ कोही धनी छ भने उ गरिब बन्न पनि सक्छ कोही एक्लो छ भने उसलाई धेरै साथीहरू मिल्न सक्छ कोही धेरै साथीहरूको माजमा छ भने त्यो नितान्त एक्लो पनि बन्नसक्छ जिबनको गति लाई हामीले स्विकार गर्न सक्नुनै हाम्रो बास्ताबिक जिबन ब्यतित गर्न सक्नु हो त्यसो भएको कारणले कोहि कसैले धोका दियो अथवा तपाईंको मन तोडिडियो आफुलाई दुख दियो भन्ने यदि लागेर यदि कोही कसैले अब म बाच्दिन भनेर त्यो सोच मनमा उत्पन्न हुन्छ भने त्यो अत्यन्त गलत सोच हो। कोही कसैले तपाईंलाई धोका दियो भने त्यसलाई बिर्सिदिनुस् तपाईंले प्रेम गर्ने मान्छे हरु धेरै पाउनु हुनेछ कोही कसैलाई तपाईंले धोका न दिनुस् तर परिस्थिति जन्य घटना जिबनमा घटन सक्छ यदि त्यो हो भने पनि हामीले त्यसलाई सहज रुपमा अगाडि बदाउन सक्नु पर्छ सिक्नु पर्छ आज हामी गरिब छौ भन्दैमा हामी दुखी बन्न पर्ने कुनै कुरा छैन।
हामी मेहनत गरौं परिसरम गरौं र पर्खै धैरता गरौं लगान गरौं ईमानका साथ मेहनत गरौं ईमान्दार गरेर मेहनत गरियो भने हामीले सानो काम बाट पनि प्रष्ट पैसा कमाउन सक्छौं है ठुला ठुला ब्यापार गर्नुपर्छ उद्योग खोल्नु पर्छ लाखौं करोडौं को सपना देख्नु पर्छ भन्नु छैन सानो सानो कुराहरू पनि हामीले निरन्तर गरिरहेउ भने जसरी साना साना तपाईंको नदि हरु मिलेर ठुलो माहासागर हरु बनेको हुन्छ त्यसरी नै साना साना आम्दानीले पनि हामीले आफ्ना गुजारा मजाले चलाउन सक्छौं आफ्ना आवश्यकताहरु परिपुर्ति गर्न सक्छौं आर्थिक समस्याको कारणले गरीबि को कारणले आत्मा हत्या गर्न पर्छ भन्ने छैन।
यदी कुनै समस्या आइपरेमा त्यसबाट निस्कने विकल्प तत्कालका लागि स्पष्ट नभएको अवस्थामा व्यक्तिको मष्तिस्कमा विविधि विचलित विचारहरु आइरहन्छन्।यहि प्रक्रियामा समस्याबाट बाहिर निस्कने रचनात्मक उपाय वा समाधान निस्कने गर्छन।
जिबनमा जस्तोसुकै समस्या पनि आइपर्न सक्छ रोग पनि लाग्न सक्छ यो हुँदा पनि तपाईंको हातले आत्मा हत्या गर्नु पर्छ भन्ने छैन आत्मा हत्या त्यो आफैंमा त्यो दुखदाई शब्द अति निराशापुर्ण सब्द अत्यन्तै त्यो पिडादायी शब्द यो भएको कारणले हामीले कहिले पनि त्यता तिर कहिले सोच्नु हुदैन्न म विशेष युवा युवती हरुलाई विशेष भन्न चाहन्छु जिबन भनेको विभिन्न अवसरको सङ्गगालो हो हामी आजको लागि हैना भोलिको लागि बाचिरहेको हुन्छौं भोलिको दिनमा विभिन्न नयाँ खालको उर्जा लिएर आईरहेको हुन्छ त्यसलाई हामी सधैंभरि चिन्न सक्नुपर्छ यहाँ हरुलाई म सकारात्मक सोच बिचार मिलेको होस् भन्ने शुभकामना व्यक्त गर्दछु यहाँ हरुले आफ्नो जिबनलाई सकारात्मक सोच तरिकाले सधैंव हेर्नु होला कोही पनि हामी तपाईंको ठुलो र सानो कोही पनि छैनौं सबैका संमान का एक हौं सबै एकनासका मान्छे हौं म सानो छु गरिब छु म दुखी छु ए कोही छैन्न मलाई हेला हुन्छ यो त्यो भनेर सोच्नु हुन्न तपाईं खुलेर जिउनुहोस् खुल्ला आकाशमा उढ्ने एक एउटा पक्षि जस्तै स्वतन्त्र भएर जिबन जिउन सक्नुपर्छ ।
सबैका लागि राम्रो सोच्नु पर्दछ ।सकारात्मक भावनाबाट प्रयास गर्दा भय, त्रास, कुण्ठाबिना आफूले प्रयास गरेर सफलता प्राप्त गर्न सकिन्छ । सकारात्मक सोच्नु सार्वजनिक जीवनका लागि अति फलदायी साबित हुन्छ।यसले दृष्टिकोणलाई सकारात्मक बनाउन सकिन्छ।आफ्नो जीवनमा भएका सकारात्मक अनुभव र आदर्शलाई मनमा मनन गरेर आफूलाई धन्य सम्झँदा आत्म ऊर्जा प्राप्त हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ।
हरेक कुरालाई सकारात्मक नजरले हेर्नु नै सकारात्मक सोच हो। सफलताको मूल सूत्र नै सकारात्मक सोच हो। आफुले आफुलाई विश्वास गर्ने कुरा सकारात्मक सोच हुनु पहिलो आवश्यकता हो।आत्मविश्वास, सकारात्मक दृष्टिकोण र सकारात्मक मनोवृति नै तिनका कारणहरु हुन् जसले परिवेशलाई सकारात्मक रुपमा परिवर्तन गर्न सक्छन्।जति अप्ठ्यारो भए पनि त्यो विचमा आफु खुसी हुन सक्ने कारण पहिल्याउनु सकारात्मक सोच हो सकारात्मक मानसिक दृष्टिकोण भनेको तपाईको समस्याहरूलाई सकारात्मक रुपले बुझ्नु हो ।
सकारात्मक सोचले शरीरको प्रतिरक्षा प्रणाली सुधार गर्छ । जीवनका कठिनाइहरू पार गर्नसक्ने क्षमता विकास गर्न मद्दत गर्छ । हाम्रो आयु बढाउन मद्दत गर्छ ।सकारात्मक सोच मानसिक दृष्टिकोण हो । वास्तविक र प्रभावकारी सकारात्मक सोचले सार्वजनिक जीवनमा साँच्चै ठूलो सकारात्मक प्रभाव पार्छ ।सकारात्मक सोचको शक्तिले हामीलाई आफ्नो लक्ष्यमा प्रतिबद्ध बनाउँछ।परिस्थिति जस्तोसुकै भए पनि प्रत्येक व्यक्तिले आफूमा सकारात्मक सोच उत्पन्न सिर्जना गर्न सक्छ ।सकारात्मक सोचका चिन्तकहरूले परिस्थितिलाई यथार्थमा हेर्ने प्रयास गर्छन् । आफूले जे सोचिन्छ, जेमा विश्वास गरिन्छ त्यो हुन्छ । त्यसैले असल सोचियो, भने नतिजा असल हुन्छ र जीवन सफल बन्दै जान्छ अनि खराब सोचियो भने नतिजा खराब नै हुन्छ र जीवन असफल बन्दै जान्छ।
जतिन जेल तपाईंको यो धर्तिमा बाच्ने लेखान्थ मा लेखेको छ त्यतिन जेल तपाईं बाच्न सक्नुस शुभकामना गर्न चाहान्छु हामी आफ्नो खुसीको लागि अरुलाई पनि दुखी बनाईरहेको हुन्छौं हामीले हाम्रो लागि हाम्रो बुवा आमाले कति दुख कष्ट गरेर हुर्काउनु भयो ठुलो बनाउनु भयो पराउनु भयो यो धर्ती देखाउनु भयो आमा बुवा तपाईंको सबै साथीहरूको लागि तपाईं बाच्नु पर्छ र त्यो खालको सोच बिचार हामीले कहिले लिन पनि हुदैना यहीँ एउटा् शुभ सन्देशका साथ हासेर बाचौ सबै मिलेर जुटेर कार्य गरौं हामी सबै सधैंको सकारात्मक बन्न पर्छ धन्यवाद !
प्रतिक्रिया राख्नुहोस्