गौमुखी गाउँपालिकाको सालिबिसौनामा बन्यो सुन्दर हेलिप्याड

राम बहादुर बिश्वकर्मा
प्युठान,विपत्तीका बेला मानवीय उद्धारलाई छिटो,छरितो र सहज बनाउने उदेश्यले गौमुखी गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ ।
गौमुखी गाउँपालिका वडा नं ५ स्थित सालीबिसौनामा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको हो ।
हेलिप्याड निर्माण पश्चात उक्त स्थानमा आईपर्न सक्ने विपद् लगायत आकस्मिक घटनाहरुको उद्धार कार्यमा मद्दत पुग्ने साथै, धार्मिक र पर्यटकीय रुपमा प्रख्यात सालिबिसौनाको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले बताउनुभयो।

तस्बिर : गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी हेलिप्याड निर्माण पश्चात् स्थलगत अनगुमन गर्दै 


उहाँका अनुसार बर्द बहादुर गण खलंगाको प्राविधिक सहयोग र गौमुखी गाउपालिकाको ८ लाख लगानीमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको हो।
त्यस्तै गौमुखी गाउँपालिकाको सहयोगमा वडामा हेलिप्याड निर्मा हुदाँ गौरव महसुस भएको गौमुखी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बरुणध्वज मल्लले बताउनुभयो।
सो क्षेत्रमा बिपद ब्यावस्थापनमा आकस्मिक उद्धार कार्यको लागी निकै लाभदायी हुने हुदाँ सेनाले जिल्लाका सबै पालिकाहरुलाई हेलिप्याड निर्माण गर्नको लागी प्रोत्साहन तथा समन्वय गर्दै आईरहेको र उक्त काममा नेपाली सेनाले प्राविधिक सहयोग उपलब्ध गराईरहेको बर्द बहादुर गणका मेजर कमल प्रसाद गौतमले बताउनुभयो ।
पक्की सिमेन्टेड संरचनामा बनाइएको हेलिप्याड अत्यन्तै आकर्षक र मनमोहक रहेको छ। 

 तस्बिर : गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना  हेलिप्याड निर्माण पश्चात् स्थलगत अनगुमन गर्दै 


प्युठानको अन्य पालिकाभन्दा गौमुखी गाउँपालिकालाई भौगोलिक रुपमा दुर्गम गाउँपालिकाको रुपमा चिनिएको छ ।
यो संगै प्युठानका ९ स्थानीय तह मध्ये  २ स्थानीय तहमा हेलिप्याड निर्माण भएका छन्। हेलिप्याडले गौमुखी बासी सहित जिल्लाबासीले सेवा पाउने भएका छन् ।