विश्व उपभोक्ता दिवस : प्युठानका उत्कृष्ट दस उद्यमी सम्मानित

विश्व उपभोक्ता दिवस : प्युठानका उत्कृष्ट दस उद्यमी सम्मानित

सीता बि.क
प्युठान,घरेलु तथा साना उद्योग कार्यालय प्युठान जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ। विश्व उपभोक्ता दिवसको अवसरमा शनिबार कार्यालयले उत्कृष्ट दश जना उद्धमीलाई सम्मान गरिएको हो ।
जिल्लाको औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याए वापत सफल उद्यमीको रूपमा बजरंगी नमकिन भण्डारका गोबिन्द बहादुर राउत,न्यू गौमुखी पाउरोटी उद्योगका प्रकाश केसी,राम चाउमिन एण्ड सस उद्योगका मेघराज श्रेष्ठ,स्वर्गद्वारी एग ट्रे उद्योगका धन बहादुर रायमाझी,मनिबिष्णु बुटिक एण्ड ट्रेनिङ सेन्टरका मनि रोकामगर,राप्ती गण्डकी युनिफर्म उद्योगका विष्णु गिरी,पिंक ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरका बिन्जु श्रेष्ठ,ईशान एग्रो अर्ग्यानिक एण्ड पशुपन्छि फर्मका नबिन श्रेष्ठ, थकाली अल्लो कपडा उद्योगका जुगमला सेरचन र न्यू अर्घाखाँची होटेल एण्ड लजका ईच्छा सुबेदी सम्मानित हुनुभएको हो।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले नगद र सम्मान पत्र प्रदान गर्नुभएको थियो।
सो अवसरमा शर्माले सरकारले औद्योगिक विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो।औद्योगिक विकासका लागि राम्रो वातावरण सिर्जना गर्न हरेक क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताउनुभयो।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनि बहादुर गुरुङले कार्यबिधि अनुसार दश जना उद्धमी छनौट गरिएको बताउनुभयो।कार्यालयले माग गरेको आवेदनहरु मध्ये उत्पादनमुलक,सेवामूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग र पर्यटन उद्योगसंग सम्बन्धित उद्योग छनौट भएको गुरुङले जानकारी दिनुभयो ।
उहाँले स्थानीयस्तरमा रोजगारी प्राप्त गराउन कार्यालयले सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
उद्धमीलाई जनही सात हजार रुपियाँका दरले रकम प्रदान गरिएको थियो।कार्यक्रममा सहभागीले उद्धमीलाई संरक्षण गर्ने गरी तिनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको थियो।