प्युठान,नौबहिनी गाउँपालिकाले नगरप्रहरी भर्ना गरेको छ।आईतबार एक कार्यक्रमका बिच गाउँपालिकाले एक जना प्रहरी बरिष्ठ नगरप्रहरी र दुईजना प्रहरी जवान भर्ना गरेको हो। गाउँपालिकाको नगर प्रहरी व्यवस्थापन कार्यविधि २०८० बमोजिम तीन जना नगर प्रहरी भर्ना गरिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकामा आज नगरप्रहरी दिक्षान्त समारोह गरी तिनजना प्रहरी भर्ना गरिएको हो । इलाका प्रहरी कार्यालय बाहानेले २४ दिनको प्रहरी तालिम प्रदान गरेको थियो । नगरप्रहरी दिक्षान्त समारोहमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यक्रमका अध्यक्ष शिवराज पौडेलले नगरप्रहरीले गाउँपालिकाको शान्ती सुरक्षामा भुमिका खेल्नुपर्ने र त्यसका लागी नगरप्रहरी तयार भएको बताउनु भयो।गाउँपालिका भित्रहुने अनैतिक कृयाकलाप, गाउँपालिका भवनको संरक्षणमा नगरप्रहरीको भुमिका अहम रहेने उहाको भनाई छ । यस्तै उहाले नगरप्रहरीलाई राजनैतिक आस्था,दवाव र पलोभनमा नपरी कामगर्न निर्देशन समेत दिनभयो ।
यस्तै गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले नगरप्रहरी गाउँपालिकाको शान्ती सुरक्षामा खटिनुपर्ने र त्यसका लागी गाउँपालिकाले सहयोग गर्ने बताउनु भएको छ।सानातिना बिकृतिलाई चिर्दै सबै नागरीकलाई समान ब्यवहार देखाउन नगरप्रहरीलाई निर्देशन दिनुभयो।आबश्यकता अनुसार पछिल्ला दिनहरुमा नगरप्रहरी बढाउन सकिने समेत उहाको भनाई छ ।
प्यूठान जिल्लामा यसअघि सरुमारानी, गौमुखी, माण्डवी गाउँपालिकाले नगरप्रहरी भर्ना गरिसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्