प्युठानमा एमालेको पालिका अधिवेशन जारी,पार्टी प्रवेश गर्नेको लर्को,सरुमारानीको अध्यक्षमा जि.सि 

प्युठानमा एमालेको पालिका अधिवेशन जारी,पार्टी प्रवेश गर्नेको लर्को,सरुमारानीको अध्यक्षमा जि.सि 

सीता.क
प्युठान,नेकपा एमाले सरुमारानीको सोमबार बड्डाडामा सम्पन्न दोस्रो अधिबेशनबाट बसन्त जि.सि को अध्यक्षतामा सर्वसम्मत पालिका कमिटी चयन गरिएको छ । 
उपाध्यक्षमा उमबहादुर खाम्चा,सचिव टीकाराम पल्ली,उप-सचिवहरू बसन्ता खड्का,भीम मर्साङगीसहित ६१ सदस्यीय पालिका कमिटी चयन गरेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ।
पार्टीको नीति अनुसार संगठनलाई मजवुद बनाउने र सबै वडामा पार्टीलाई पहिलो बनाउने नवनिर्वाचित अध्यक्ष जि सि ले बताउनुभयो।
अधिवेशनको उद्घाटन नेकपा(एमाले)पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले गर्नुभएको थियो भने अधिवेशनलाई जिल्ला कमिटी अध्यक्ष विजय विराज विष्ट,लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, एमाले नेता हरि प्रसाद रिजाल, केन्द्रिय सल्लाहकार परिषद् सदस्य टेकुलाल गिरी,एमाले नेतृ शान्ता आचार्य, पालिका इन्चार्ज झग बहादुर विश्वकर्मा लगायतले सम्वोधन गर्निभएको थियो।अधिवेशनमा एमाले जिल्ला कमिटीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यसैबीच विभिन्न पार्टी परित्याग गरी २१ जना नेता तथा कार्यकर्ता प्रवेश गर्नुभएको छ।
नवप्रवेशी नेता कार्यकर्तालाई नेकपा(एमाले)पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले स्वागत गर्नुभयो।