प्याड बनाउँन तालिम 

दाङ । घोराही उप–महानगरपालिका वडा नंं. १४ मा प्याड बनाउँन तालिम सुरु गरिएको छ । वडा स्तरिय सक्षम आमा समुहको आयोजनामा १५ दिने तालिम सुरु गरिएको हो । तालिम उद्घाटनमा बोल्ने सहभागिहरुले सिप सिकेर व्यावसायी बन्ने उदेश्यले तालिममा सहभागि भएको वताएका थिए । तालिम उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले  व्याड निर्माण गर्दा महिलाको स्वास्थ्यमा सुधार आउँने वताउँनुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका डाँगीले  प्याड निर्माणसंगै यसको  सहि प्रयोग र ब्यवस्थापनामा ध्यान दिनु पर्छ उहाँले भन्नुभयो । वडा भर हाल सात सय बेरोजगार रह ेको भन्दै सबैलाई स्वरोजगार बनाउँन तालिमकोे व्यवस्थापन गरेको उल्लेख गर्नुभयो । उहाँले अब वडा स्तरमा  उत्पादित हरेक बस्तुको साझा विक्रि केन्द्र स्थापनागरी सोही ठाउँबाट विक्री गरिने वताउँनुभयो । वडा स्तरिय सक्षम आमा समुहका अध्यक्ष देवा सेनाको अध्यक्ष भएको कार्यक्रममा सल्लाहकार दिलकुमारी बुढा लगाएतले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । आमा सुमहका कोषाध्यक्ष मनकुमारी पुनको अध्यक्षता भएको कार्यक्रमको संचालन भिमकुमारी पुनले गर्नु भएको थियो ।