राम बहादुर बिश्वकर्मा
प्युठान,सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन।शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो। भन्ने यस्तै आलोचना जताततै सुनिन्छ,तर कतिपय सामुदायिक विद्यालयमा उदाहरणीय प्रगति हुन थालेको छ।पछिल्लो समय यता बिध्यालयको गुणस्तर वृद्धिका लागि प्युठान नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने बाल बिध्या माध्यमिक बिध्यालय मरन्ठाना लागि परेको छ।
बाल बिध्या माध्यमिक विद्यालयमा प्रारम्भिक बाल बिकास देखि कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षा कोठामा सबैले देख्ने गरी क,ख र ए,बी,सी,डी’ छिटो सिक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कक्षा कोठाको भित्तामा आकर्षक चित्र कोरिएको हो ।कतिपय विद्यालयमा शैक्षिक सामग्री धुलो र माकुराको जालोले घेरिएर कार्यालयको कुनै कुनामा थन्किएका हुन्छन्, तर बाल बिध्या मावि मरन्ठाना पुग्दा साँच्चै लोभलाग्दा भित्ते लेखनसँगै अन्य सिकाइ सामग्री भेटन्छन्।कक्षाकोठाका अगाडिपट्टि एउटा लेख्ने बोर्ड र एउटा प्रदर्शन बोर्ड पनि राखिएको छ। त्यसै कोठाको र्याकमा शैक्षिक सामग्री,सन्दर्भ सामग्री र विद्यार्थीले तयार गरेको परियोजना कार्यसहितका आवश्यक विषयगत सामग्री समेत राखिएको छ।
बालबिकास कक्षाका बालबालिकालाई सहजरूपमा बस्नका लागि कक्षाकोठाको भुँइमा कारपेट तथा फम ओछ्याइएको छ।साथै बिध्यालयको बाहिरी क्षेत्र तथा कक्षा कोठामा भित्ते चित्र लेखनले नियमित बिध्यालय आउने बालबालिकालाई आकर्षण गरेको छ।उपयुक्त शैक्षिक सामग्रीले शिक्षणलाई आकर्षक मात्र होइन,प्रभावकारी र अर्थपूर्ण पनि बनाउँछ।‘शैक्षिक सामग्रीमार्फत सिकेको ज्ञान दिगो हुनुका साथै बालबालिकाको पढाइमा रुचि जाग्ने गर्छ’,बाल बिध्या माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षिका भाग्य श्री के सि ले बताइन्।
यसरी नमुना कक्षाकोठाका रूपमा विकास गरी शिक्षण गर्दा विद्यार्थी सिक्न उत्साहित हुने गरेको के सि को भनाई छ।‘नदेखेका कुरा,घटना र वातावरणको प्रत्यक्ष जानकारी दिन भित्ते लेखन सिकाइ सामग्री प्रयोगबाट सहज हुने गरेको छ’,कोठाका भित्तामा शैक्षिक-सन्दर्भ सामग्रीले सजाउँदा विद्यार्थीलाई सिक्न उत्प्रेरित गर्ने र नतिजा पनि सुधार आएको उनले सुनाईन।
कक्षामा शिक्षण सिकाइका लागि उपयुक्त वातावरण र शैक्षिक सामग्रीकै महत्व हुने गर्छ।विद्यालयमा कक्षा कोठाका सजावट र सन्दर्भ सामग्रीका व्यवस्थापन आदिमा ध्यान दिँदा शैक्षिक गुणस्तर बढ्ने विद्यालयका प्रधानाध्यापक केशब गिरीले बताए।कक्षाकोठा नमुना बनाउने उद्देश्यले प्युठान नगरपालिका वडा नम्बर ९ र १० ले बिनियोजन गरिएको रकम बाट विद्यालयमा कक्षा कोठा विषयगत रूपमा भित्ते लेख्न गरिएको प्रध्यानाध्यापक गिरीको भनाई छ।
आधुनिक र उपयुक्त शैक्षिक सामग्रीको प्रयोगले शिक्षणलाई आकर्षक मात्र होइन,प्रभावकारी र अर्थपूर्ण पनि बनाउँछ।विद्यार्थीले सिकेको ज्ञानलाई दिगो बनाउँदै यसले विद्यार्थीमा रुचि जगाई स्वतन्त्र सिकाइ तथा विचारको अभिवृद्धि गर्छ।सिकाइ सामग्रीको प्रयोगले बालबालिकामा रुचि र उत्साह पैदा हुन्छ।
समाजको विकासक्रम सँगसँगै शिक्षणकार्यमा पनि नयाँ आयामहरू थपिंदै गएका छन्। विज्ञान र प्रविधिको विकासले शैक्षिक सामग्रीका रूपमा श्रव्य–दृश्य सामग्री विकसित गरिएका छन्।विशेषगरी सूचना–प्रविधिमा आएको विकासले उक्त बिध्यालयको शिक्षण सिकाइ क्रियाकलापमा पनि नयाँ मूल्य र मान्यता सहित स्थापित गरेको सरोकारवालाको बुझाई छ।
वालविकासमा शिक्षण सिकाईका सामाग्रीले सिकाई संगै वालवालिकालाई वालविकासमा नियमित आउन आकर्षण गर्दै आएको बाल बिकास सहजकर्ता कल्पना बुढाथोकीले बताउँछिन्।खेलौनाजस्ता आकारका विभिन्न शैक्षिक सामग्री,विभिन्न खेलौनासहित मनोरन्जनका साधनहरूले चटक्क सजिएको कक्षा कोठाले वालबालिकालाई कक्षामा आकर्षण गर्दै आएको हो।दिनभर कक्षा कोठामै बसी उनीहरूले नयाँ नयाँ सिकाई लिदै आएका छन्।
प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले विद्यालयले इच्छाशक्ति देखाएमा परिवर्तन सम्भव रहेको बताए।शिक्षा क्षेत्रको सुधारको एक महत्वपूर्ण पक्ष भनेको शिक्षक,कर्मचारी हुन्। उनले भने-,शिक्षामा सुधार गर्ने हो भने यिनीहरूलाई प्रगतिशील बनाउनुपर्छ बिध्यालय नेतृत्वले शिक्षक स्टाफ लाई समान दृष्टिकोणले हेर्नुपर्छ,तर अझै पनि हामीकहाँ कतिपय नेतृत्वको कार्यशैली पञ्चायतकालीन भएकोले यसलाई सुधार गर्दै कार्यशैलीमा परिवर्तन ल्याउन सक्यो भने अबश्य पनि चाँडो शिक्षामा सुधार आउँछ,वडा अध्यक्ष के सि तर्क छ।"
विद्यालय सुधारका लागि वडाले गरेको प्रयासका बारेमा बताउदै उनले भने'शिक्षा क्षेत्रको सुधारको लागि शिक्षक प्रगतिशील बन्नुनुपर्छ।"शिक्षाले नै मानव जीवनको महत्वपुर्णु र पहिलो आवश्यक्ताका रुपमा आफूले बुझेको उनको भनाई छ।'मेरो प्राथमीकतामा शिक्षा र स्वास्थ्य सधै प्राथमीकतामै पर्छ,तर सुधारका लागि एक क्षेत्रको वुझाइले मात्र पुग्दैन त्यस क्षेत्रका स्थानीयको पनि चेत विकसित हुनुपर्छ।'
जनप्रतिनिधिका आफ्नै बाध्यता रहेको बताउदै उनी अघि थप्छन्'वडामा आएको बजेट बाटोघाटो,ढल नाला बनाउदैमा सकिन्छ। स्थानीयको पहिलो चाहाना नै यहि हुन्छ।'
विद्यालयको समग्र विकासका लागि वडाले बनाइरहेको योजना सुनाउदै उनले थपे'शिक्षा सुधारका लागि आफू प्रतिवद्ध रहेको बताउदै उनले विद्यालयमा गरेको अभ्यास बारे सुनाए।कक्षा कोठाको भित्तामा नेपालको राष्ट्रिय झण्डा,सगरमाथा,रुख सर्प,पुतली लगायतका चित्र पेन्टिङ गरेर बनाइएको छ ।
भित्ते चित्र लेखन कार्यले विद्यालयको शैक्षिक स्तरोन्नति र विद्यार्थीको भविष्य विकासका निम्ति उक्त कार्यले सहयोग पुग्ने देखिन्छ।बाल बिध्या माध्यामिक विद्यालय २०१७ सालमा स्थापना गरिएको हो।
प्रतिक्रिया राख्नुहोस्