राम बहादुर बिश्वकर्मा
प्युठान। प्युठान जिल्लाको झिमरुक गाउपालिका वडा नंबर ६ मा जन्मिएका ‘एमबिबिएस’ डाक्टर सुबास जिसि डाली युनिभर्सिटी चाइनामा एमडी पढ्दै छन । उनका लागि देशका सुविधासम्पन्न सुगम क्षेत्रमै रोजगारीका ढोका खुलै थिए। उनी अरूजस्तै शहरमै पनि जम्न सक्थे,जागिर पाउन मुस्किल हुन्थेन।तलब राम्रै मिल्थ्यो, तर, उनले सेवा सुबिधाको लोभ गरेनन्। उनले आफ्नै गृह जिल्लामा सेवा गर्ने निधो गरे र, प्युठानको दुर्गम गाउँ गौमुखी आइपुगे । दुर्गममा दिनदुखीको सेवामा गर्ने उद्देश्य वोकेर आफू दुर्गम गाउमा आएको जिसिले बताए।
‘सहर र सुगम क्षेत्रका जनताले त सजिलै सुविधा पाउछन् तर दुर्गममा उपचार नपाएरै ज्यान जाने स्थिती छ’ उनले भने,’ त्यहि वुझेर म यहाँ आएको हुँ’ । उनले यहाँ अब स्वास्थ्य ओपीडि, माईनर अप्रेसन इमरजेन्सी लगायतका स्वास्थ्य सेवाहरु बिशेषज्ञ डाक्टरले प्रदान गर्ने छन् । गाउपालिका अध्यक्ष बिष्णु कुमार गिरीले हरेक वडाहरुमा स्वास्थ्य सेवा पुर्याउनुका साथै केन्द्रमा बिशेषज्ञ सहितको सेवा दिने लक्ष्य अनुसार बिशेषज्ञ सेवा दिन थालेको जानकारी दिए । गाउपालिकाले उनलाइ तीन महिनाका लागि करारमा नियुक्त गरेको हो।
बिकट गाउँमै एमबिबिएस डाक्टरको गुणस्तरीय सेवाले धेरैलाइ राहत मिल्ने उनले बिश्वास ब्याक्त गरे ।भौगोलिक विकट र विशेषज्ञ चिकित्सक अभाव रहेको पालिकामा कोरोना भाइरसको संक्रमणका बेलासमेत चिकित्सक सेवा अझै प्रभावकारी हुने उनको विश्वास छ।प्युठान जिल्लामै पहिलो पटक गौमुखीको लिबासे स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर सहितको सेवा सुरु भएको हो ।गौमुखी पालिकाको आफ्नै बजेटद्धारा एम.वि.विस डाक्टर जिसी मार्फत स्वास्थ्य सेवा सुचारु गरीएको हो।
स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका स्थानिय गाउमै बिशेषज्ञ सेवा पाईने भएपछी खुसी भएका छन। सामान्य औषधी उपचार पनि गाउँमा उपलब्ध नहुदा यहाका स्थानियले सास्ती खेप्दै आएका थिए।
प्रतिक्रिया राख्नुहोस्