विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी

राम बहादुर बिश्वकर्मा
प्युठान,मङ्गलबार साझ प्युठानको बाग्दुला स्थित मुल सडकमा अरू दिनभन्दा फरक माहोल थियो। सडकको दायाँ तर्फ सेतो पोसाक सहित तातिमा स्कुलका विद्यार्थी जम्मा भएका थिए। त्यस्तै हरियो पोसाकमा खटिएका २ जना ट्राफिक प्रहरीले मायालु स्वभावले बिध्यार्थिलाई ट्राफिक नियम बारे सोधपुछ गर्दै हुनुहुन्थ्यो।पालैपालो गरि नानिबाबु ट्राफिक नियम बारे थाहा छ ? बिध्यार्थिको जवाफ थियो छैन सर,केहीबेरमा विद्यार्थीको जिज्ञासा अस्थायी ट्राफिक पोष्ट बाग्दुलाको प्रस्तुतिले मेटिदियो।ट्राफिक इन्चार्ज गणेश के सि द्वारा सडकमा कसरी हिँड्ने भन्ने जिज्ञासा मेटिएको हो।
यसले बिध्यार्थिलाई स्कुल बाट घर तर्फ र घर बाट स्कुल तर्फ जादा सडकमा कसरी हिँड्ने भन्ने जिज्ञासासमेत मेटिदियो।सडकमा हिँड्न नजानेकै कारण धेरै दुर्घटना हुने गरेको इन्चार्ज के सि ले बताउनुभयो।ट्राफिक नियम अनुसार सुरक्षित साथ सडकमा हिँड्न तथा बाटाे काट्न विद्यार्थीलाइ ट्राफिक नियम पालना नगर्दा हुन सक्ने दुर्घटना नियन्त्रण गर्ने उद्देश्यले बालबालिकालाई ट्राफिक नियम बारे जानकारी दिएको के सि ले बताउनुभयो। जथाभावी सडकमा हिँड्दा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक नियमको बारेमा जानकारी दिदै अस्थायी ट्राफिक प्रहरी पोष्ट बाग्दुलाका ट्राफिक प्रमुख केसि ले सबैले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने विश्वास समेत व्यक्त गर्नुभयो ।
‘सडकमा पेटी छैन भने दायाँबाट हिँड्दा अगाडिबाट आइरहेका सवारी देखिन्छन् र दुर्घटना हुँदैन,’उहाँले भन्नुभयो।‘सूचना प्रसारका दृष्टिले विद्यार्थी प्रभावकारी माध्यम भएकाले हामीले स्कुलका विाद्यार्थीलाई केन्द्रित गरेका हौं उहाँले भन्नुभयो, ‘जीवन भए सबैथोक छ, सिकेका कुरा आफ्ना अभिभावकलाई अवश्य सिकाउनु ।’उहाँले थप्नु भयो, ‘ट्राफिक व्यवस्थापन ट्राफिकको मात्र नभएर हामी सबै नागरिकको दायित्व हो।’
ट्राफिक नियम बारे व्यवहारिक जानकारीले विद्यार्थी निकै उत्साहित बने। कार्यक्रममा सहभागी जनता माध्यामिक बाग्दुलामा अध्यनरत एक छात्राले ट्राफिक अंकलबाट सडकमा हिँड्नेबारे ज्ञान पाएको सुनाइन्।‘म ममीसँग बजार जाँदा सधैं उल्टो हिँड्दा अप्ठ्यारो हुने कारण बल्ल थाहा पाएँ,’ कक्षा ८ की उनले पैरवी अनलाइन सङ्ग भनिन्, ‘अब घर पुगेर ममीलाई सधैं सडकमा दायाँबाट हिँड्न सिकाउनेछु।’त्यस्तै जनता ममाध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रमणि पोख्रेलले ट्राफिक प्रहरीले विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने अभियान निकै राम्रो भएको बताउनुभएको छ। सानो तर धेरै सवारीसाधन साधन गुड्ने बाग्दुला चोकको सडक दुर्घटनाकाे जाेखिम रहेकाे भन्दै यस्ताे किसिमकाे ट्राफिक प्रहरी अभियान प्रभावकारी भएकाे प्रध्यानध्यापक पोख्रेलको भनाई छ।