काठमाडौं,अन्नपूर्ण पोष्ट दैनिकका प्यूठान संवाददाता केशरराज क्षेत्री युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।
बिहीबार मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले नगद ५० हजार सहित सम्मानपत्रले पुरस्कृत गरे।
मन्त्रालयले प्रत्येक वर्ष देशभरका युवा पत्रकारहरूबीच खुला प्रतिस्पर्धाका आधारमा पुरस्कृत गर्ने गर्छ। यसवर्ष देशभरबाट विभिन्न जिल्लाका चार जना पत्रकारहरु पुरस्कृत भएका छन्।
क्षेत्री चारजना मध्ये एक नम्बरमा छनौट भएका हुन्। पत्रकारलाई प्रतिस्पर्धाका आधारमा छनौट गरी पुरस्कृत गर्नका लागि मन्त्रालयले युवा पत्रकारिता पुरस्कार कार्यविधि, ०७५ बनाएको छ।
क्षेत्रीसहित अछामकी मेनुका ढुंगाना, बाजुराका प्रकाश बहादुर सिंह र दाङका विनोद घिमिरे पुरस्कृत भएका छन्।
Tags :
सम्बन्धित खवर
प्युठानमा आमा-छोराको रहस्यमय मृत्युु
२ वर्ष अगाडि
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्