प्युठानमा आमा-छोराको रहस्यमय मृत्युु

प्युठान,प्युठानमा आमा-छोरा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्यूठानको झिमरुक गाउँपालिका-३ पिपल रूख भन्ने स्थानमा आमा-छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

कर्ण बहादुरको कान्छी श्रीमती ३४ वर्षीया विष्णा
खड्का र उनको जेठी श्रीमतीका २१ वर्षीय छोरा
रोहित खड्का सोमबार बिहान ८ बजे मृत फेला
परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना
अधिकारी हुमानन्द खनालले जानकारी दिए। उनीहरू घरबाट २ सय मिटर टाढा रहेको काफलको बोटमा छुट्टाछुट्टै हाँगामा झुन्डिएको अवस्थामा फेला परेको खनालको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।