प्युठान,नेकपा एमाले केन्द्रिय सदस्य हरि रिजाल नेकपा(एमाले)प्युठान निर्वाचन क्षेत्र (ख)समन्वय कमिटी बाट सर्वसम्मत उम्मेद्बार बन्नु भएको छ।
आइतवार पार्टी कार्यालय विजुवारमा बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट मसिर ४ गते हुन गइरहेको प्रदेश सभाको निर्वाचनमा नेकपा(एमाले) प्युठान निर्वाचन क्षेत्र(ख)बाट रिजाललाई पूनःलुम्विनी प्रदेश सभा सदस्य उमेदवारका लागि सिफारिस गरेको हो ।
जिल्ला कमिटीका अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षता तथा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापाको प्रमुख अतिथ्यता, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा, लगाएतको उपस्थितिमा बसेको बैठकले मंसिर ४ गते हुने प्रदेश निर्बाचनमा प्युठान क्षेत्र न १ को "ख" बाट रिजालको मात्रै नाम सिफारिस गरिएको एमालेले जनाएको छ।
रिजाल पुर्ब मन्त्री र नेकपा एमाले जिल्ला कमिटी प्युठानको सह इन्चार्ज समेत हुनुहुन्छ ।
रिजाल हाल लुम्विनी प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँ यस अघि लुम्विनी प्रदेशका ग्रामीण पर्यटन तथा शहरी विकास मन्त्री हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्