प्युठानमा पुनः सुर्य उदाउँदैछ,कोही भ्रममा नपरौँ!

भिम सुनार

नेकपा एमालेका उम्मेदवार आदरणीय कमरेड सुर्य थापा ज्यू, जिल्ला तथा स्थानीय तहका सम्पूर्ण नेता-कार्यकर्ता,उपस्थित बुवा-आमा,दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अभिवादन।
मिति २०८२ साल फाल्गुन २१ गते हुन गइरहेको संघीय प्रतिनिधि सभा सदस्य सम्बन्धी निर्वाचनको सन्दर्भमा म केही विचार राख्न चाहन्छु।
हामी एउटा ऐतिहासिक मूल्य,मान्यता र सिद्धान्त बोकेको पार्टीका कार्यकर्ता हौं।स्वर्गीय कमरेड मदन भण्डारी,पुष्पलाल र मनमोहन अधिकारीज्यूहरूको विचार,योगदान र बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा एमालेले विभिन्न कालखण्डमा लोकतन्त्र,गणतन्त्र र जनताको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।गाउँ-गाउँमा सिंहदरबार पुर्‍याउने संघीय संविधान निर्माणमा समेत एमाले अग्रपंक्तिमा रहेको कुरा हामी सबैलाई थाहा छ।


आज केही नयाँ भन्दैमा सिद्धान्त र स्पष्ट एजेन्डा बिना जनतामा भ्रम फैलाउने प्रयास भइरहेका छन्। तर नेकपा एमाले जस्तो इतिहास बोकेको पार्टीलाई नैतिकताको पाठ पढाउनु अघि आफ्ना नीति,सिद्धान्त र कार्यक्रम स्पष्ट गर्न आवश्यक हुन्छ।नेकपा एमाले सधैं दुर्गमका जनताको मुद्दा बोकेर विकास र निकासका लागि तत्पर रहने पार्टी हो।

 

आजको यो चुनावी मैदानमा हामी“समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्यसहित अगाडि बढिरहेका छौं।त्यसैले प्युठान जिल्लाबाट कमरेड सुर्य थापालाई अत्यधिक बहुमतका साथ विजयी गराउन म सम्पूर्ण मतदातामा हार्दिक अनुरोध गर्दछु।


प्युठानको विकास,हाम्रो गौमुखी गाउँपालिकाको विकासका लागि हामीले सुर्य चिन्हमा मतदान गर्नै पर्छ।आज हामी मत दिन्छौं भने भोलि विकासको हिसाब पनि माग्नेछौं। जिताएर पनि विकास भएन भने प्रश्न उठाउनेछौं। तर अहिले राष्ट्र,राष्ट्रियता र स्वाभिमान जोगाउन एमालेको विजय आवश्यक छ।