राम बहादुर बिश्वकर्मा
प्युठान,सरुमारानी गाउँपालिकाले ४४ औँ मगर दिवसका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको मिति २०८२/११/११ गते बसेको बैठकले मिति २०८२/११/१५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाद्वारा जारी सूचना अनुसार उक्त दिन गाउँपालिका कार्यालय, मातहतका सबै वडा कार्यालयहरू,स्वास्थ्य संस्थाहरू तथा शिक्षण संस्थाहरूमा बिदा रहनेछ।मगर समुदायको पहिचान, भाषा,संस्कृति तथा ऐतिहासिक योगदानको सम्मानस्वरूप हरेक वर्ष मगर दिवस मनाइँदै आएको छ।
गाउँपालिकाले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि दिवसलाई सम्मानपूर्वक मनाउने उद्देश्यले सार्वजनिक बिदा दिएको जनाएको छ। साथै,स्थानीय तह अन्तर्गतका सबै निकायलाई निर्णय कार्यान्वयन गर्न र दिवसको अवसरमा समुदायस्तरमा हुने कार्यक्रमहरूमा आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।
यस निर्णयबाट स्थानीय स्तरमा मगर समुदायप्रति सम्मान अभिवृद्धि हुनुका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकता सुदृढ हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्