प्युठान,आगामी निर्वाचनको प्रचारप्रसारका क्रममा नेकपा एमाले प्युठानका उम्मेदवार सूर्य थापालाई स्थानीय मतदाताले परम्परागत र सांस्कृतिक तरिकाले स्वागत गरेका छन्।
आइतबार गौमुखी गाउँपालिका-३ रजबारा वस्तुके टोलमा ८१ वर्षका खातुलाल जैसीले थापालाई मकैको माला लगाएर स्वागत गर्नु भएको हो।यस अवसरमा स्थानीयहरूले उम्मेदवारप्रति सम्मान र विश्वास प्रकट गरेका थिए।
उनिहरुका अनुसार यस प्रकारको सांस्कृतिक स्वागतले उम्मेदवार र मतदाता बीचको सम्बन्ध अझ नजिक बनाउँछ र स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्दछ।
उम्मेदवार थापाले जनताको मायाको कदर गर्दै,आगामी निर्वाचनमा सबैको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको बताएका छन्। स्थानीय समुदायका नेताहरूले पनि यस्तो स्वागतले चुनावी अभियानलाई उत्साहजनक बनाउने बताए।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्