प्युठान,सरुमारानी गाउँ पालिका वडा न ३ बाट २०७४ साल मा नेपाली काङ्ग्रेसको तर्फ देखि वडा सदस्य का उम्मेदवार बेबिराम गुरुङको नेतृत्व मा २१ घर नेकपा एमालेमा आबद्द हुनुभएको छ।
लामो समयसम्म नेपाली काङ्ग्रेसमा सक्रिय रहनुभएका पुनले आफ्नो राजनीतिक यात्रामा नयाँ अध्याय सुरु भएको बताउँदै अब एमालेको नीतिअनुसार इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो।पूर्व कांग्रेस नेता देविराम पुनले नेपाली कांग्रेस छोडेर नेकपा एमाले प्रवेश गर्नुभएको छ। पार्टी प्रवेश गर्दै गुरुङले भन्नुभयो,“लामो समय कांग्रेसमा रहेँ,धेरै अनुभव संकलन गरें।स्थानीय र प्रदेशस्तरका सरकारबाट वडाको विकासमा नेकपा एमालेको कामले मलाई प्रभावित बनायो।वर्तमान राष्ट्रिय परिस्थिति र विकासको एजेन्डा हेर्दा एमाले नै देश र जनताको अपेक्षा पूरा गर्न सक्षम शक्ति हो।”
उहाँले आगामी प्रतिनिधि सभा निर्वाचनमा सूर्य बहादुर थापालाई विजयी गराउन गाउँ–गाउँमा पुगेर चुनावी प्रचार र जनसम्पर्क अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेकपा एमाले प्रदेश सभा समन्वय कमिटी प्युठान क्षेत्र नम्बर "क" का संयोजक महोम्मद हलिम हलुवाईका अनुसार चुनाबी घरदैलो र आधार सुदृढीकरण अभियानकै क्रममा यो सामूहिक प्रवेश भएको हो।
पार्टी प्रवेश गराउदै संयोजक हलुवाईले गुरुङ जस्तो अनुभव भएका व्यक्तिको प्रवेशले वडा र गाउँस्तरमा पार्टीको संगठन अझ सुदृढ हुने विश्वास गरिएको बताउनुभयो। युवापुस्तालाई राजनीतिमा आकर्षित गर्ने,विकासका मुद्दालाई प्राथमिकतामा राख्ने र जनताको अपेक्षा सम्बोधन गर्ने दिशामा एमाले अघि बढिरहेको उहाँको दाबी छ।
देविराम पुनको प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।यसले सरुमारानी–३ मा एमालेको प्रभाव थप विस्तार भएको संकेत दिएको छ।
प्रतिक्रिया राख्नुहोस्