प्युठानका मतदाताका लागि नेकपाद्वारा प्रतिबद्धता सार्वजनिक 

प्युठान,नेपाली कम्युनिस्ट पार्टी प्युठानका प्रतिनिधि सभा सदस्य कृष्णध्वज खड्काले आइतबार जुम्रीमा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको छ। जिल्लाका सञ्चारकर्मीहरूको उपस्थितिमा सार्वजनिक गरिएको दस्तावेजलाई उहाँले “प्युठानको समग्र विकासको मार्गचित्र” का रूपमा प्रस्तुत गर्नुभयो।
घोषणा पत्रले केवल भौतिक पूर्वाधार निर्माणमात्र नभई सामाजिक,आर्थिक र सांस्कृतिक विकासलाई समेट्ने दृष्टिकोण प्रस्तुत गरेको छ।खड्काले यसलाई जनताको अपेक्षा र सुझावको आधारमा तयार गरिएको कार्यान्वयनमुखी दस्तावेज भएको बताउनुभयो।
घोषणा पत्रले प्युठानको समग्र विकासलाई १५ शीर्षकमा विभाजन गरेको छ। यसमा प्रमुख क्षेत्रहरू समावेश छन्:सडक पूर्वाधार,शिक्षा,विज्ञान र प्रविधि, स्वास्थ्य, कृषि र पशुपालन,वन,वनपैदावार र जडिबुटी,पर्यटन,भाषा धर्म र संस्कृति, खानेपानी–सिँचाइ, शहरी विकास, ऊर्जा र विद्युतीकरण, उद्योग तथा खनिज,युवा–खेलकुद–रोजगारी, भू–संरक्षण र विपद व्यवस्थापन, सामाजिक न्याय, सुशासन र सडक र पुल निर्माण,खानेपानी व्यवस्थापन,सिँचाइ सुविधा र विद्युत् पहुँच विस्तारले दुर्गम क्षेत्रका जनताको जीवनस्तर सुधार्ने र आर्थिक गतिविधिमा गति ल्याउने अपेक्षा गरिएको छ।
शिक्षा,स्वास्थ्य र प्रविधि,प्राविधिक शिक्षा विस्तार र डिजिटल प्रविधिमा पहुँच बढाउने योजना समावेश गरिएको छ।स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा सुदृढीकरण,विशेषज्ञ सेवा विस्तार र विपन्न नागरिकको सहज उपचार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
साथै,विज्ञान र प्रविधिमा नवप्रवर्तन र डिजिटल प्रशासनमार्फत सुशासन सुदृढ गर्ने योजना राखिएको छ।
प्युठानको अर्थतन्त्रको आधार कृषि भएकाले कृषि आधुनिकीकरण,उत्पादनमा विविधीकरण र किसानलाई बजारसँग प्रत्यक्ष जोड्ने रणनीति घोषणापत्रमा समावेश गरिएको छ। 
युवालाई सीपमूलक तालिम,स्वरोजगार र उद्यमशीलता मार्फत सक्रिय सहभागी बनाउने योजना उल्लेख गरिएको छ। खड्काले युवालाई जिल्लाको विकासको संवाहक शक्ति भएको बताउनुभयो।
सुशासन,सामाजिक न्याय र दिगोपन खड्काले घोषणा पत्रलाई पारदर्शी र जवाफदेही शासनको प्रतिवद्धता भएको बताउनुभयो। भू–संरक्षण, विपद् व्यवस्थापन, सामाजिक न्याय र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर दीर्घकालीन र दिगो विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले आफ्ना योजना र प्राथमिकताबारे स्पष्ट धारणा राख्नुभयो।