प्युठान,प्यूठानमा निर्वाचन अभियानका क्रममा दोस्रो जनआन्दोलन २०६२/६३ का प्रथम सहिद उमेशचन्द्र थापाकी पत्नी एन्जिला थापा (लक्ष्मी)ले सूर्य चिन्हमा मतदान गर्न मतदातासमक्ष आव्हान गर्नुभएको छ।
प्यूठान,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार रहनुभएकी एन्जिला थापा (लक्ष्मी)ले शुक्रबार ऐरावती गाउँपालिकाका विभिन्न बस्तीहरूमा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो,“अहिलेको चुनावमा धेरै पार्टीका धेरै उम्मेदवार हुनुहुन्छ,तर विकास,स्थिरता र समृद्धिका लागि सूर्य चिन्हमा मत हाल्न आवश्यक छ।” मतदातालाई कतै पनि अलमलमा नपरी प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन उहाँले अपिल गर्नुभयो।
प्यूठान जिल्लाले प्रत्यक्ष तर्फ इमान्दार,निष्ठावान र क्रियाशील उम्मेदवार पाएको उल्लेख गर्दै उहाँले संगठन र विचारका आधारमा एमालेप्रति विश्वास गर्न आग्रह गर्नुभयो।
ऐरावती गाउँपालिका–२ बरौंला निवासी एन्जिला थापा एमाले प्यूठानका संस्थापक नेतामध्येका एक स्वर्गीय वीरबहादुर सिंहकी छोरी हुनुहुन्छ। उहाँले सहिदको सपना पूरा गर्न सूर्य चिन्हमा मतदान गर्नुपर्ने धारणा राख्नुभयो।
प्रतिक्रिया राख्नुहोस्