राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठान जिल्लाका स्थानीय तहहरूको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्यांकनमा प्यूठान नगरपालिका उत्कृष्ट स्थानमा उभिएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार ९ स्थानीय तह बीच प्यूठान नगरपालिका ६७.१५ अंक प्राप्त गर्दै प्रथम स्थानमा प्राप्त गरेको हो।
त्यसैगरी नौबहिनी गाउँपालिकाले ६५.१६ अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने गौमुखी गाउँपालिका ६४.६७ अंकसहित तेस्रो स्थानमा रहेको छ।
त्यस्तै स्वर्गद्वारी नगरपालिका-६२.०४,सरुमारानी गाउँपालिका-६०.३९,माण्डवी,गाउँपालिका-५९.१५,ऐरावती गाउँपालिका-५६.३२,मल्लरानी गाउँपालिका-५३.५७,झिमरुक गाउँपालिका-५२.०२ अङ्क प्राप्त गरेका छन् ।
आयोगले मूल्यांकन गर्दा वित्तीय अनुशासन,योजना कार्यान्वयन,सेवा प्रवाह,पारदर्शिता र सुशासन जस्ता पाँच मुख्य सूचकलाई आधार मानिएको छ। मूल्यांकनको उद्देश्य स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउनु र नागरिकलाई गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नु रहेको आयोगले जनाएको छ।
विशेषज्ञहरूले मूल्यांकनले स्थानीय तहहरूलाई सकारात्मक प्रतिस्पर्धा र कार्यक्षमता सुधारमा प्रेरणा दिने भएकाले,आगामी वर्षमा अन्य गाउँपालिका र नगरपालिकाहरूले पनि यसरी उन्नति गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्