राम बहादुर बिश्वकर्मा
प्युठान,दसैँ-तिहार नजिकिँदै गर्दा प्युठानको बाग्दुलामा रहेको हाम्रो राम्रो डेकोरले आफ्ना ग्राहकका लागि विशेष ‘धमाका अफर’ सार्वजनिक गरेको छ। चाडपर्वलाई लक्षित गर्दै भारी छुटसहित फर्निसिङका सामग्री खरिदमा विभिन्न उपहारको व्यवस्था गरिएको डेकोरले जनाएको छ।
घरलाई नयाँ स्वरूप दिने र चाडपर्वमा घर सजाउने तयारीमा रहेका ग्राहकलाई लक्षित गरी अफर सञ्चालन गरिएको हो। ग्राहकले आफ्नो आवश्यकता र रोजाइअनुसार फर्निसिङका कुनै पनि सामग्री खरिद गर्दा केही न केही उपहार प्राप्त गर्ने व्यवस्था गरिएको सञ्चालक सन्देश आचार्यले बताउनुभयो।
आचार्यका अनुसार व्यवसायका लागि ग्राहक केवल सामान खरिद गर्ने व्यक्ति मात्र नभई व्यवसायको सफलताको आधार हुन।वर्षौँदेखि डेकोरप्रति विश्वास गर्दै नियमित रूपमा सामग्री खरिद गर्ने ग्राहकको माया र विश्वासलाई सम्मान गर्न हरेक वर्ष चाडपर्वका अवसरमा उपहार तथा विशेष अफर ल्याउने गरिएको उहाँले बताउनुभयो।“हामीलाई माया गरेर वर्षौँदेखि सामान खरिद गर्दै आउनुभएका ग्राहकप्रति हाम्रो पनि जिम्मेवारी छ।उहाँहरूको विश्वासलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष चाडपर्वमा केही न केही उपहार दिने गरेका छौँ।यस वर्ष पनि त्यही परम्परालाई निरन्तरता दिँदै धमाका अफर सुरु गरेका हौँ,”आचार्यले भन्नुभयो।
व्यवसायमा ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको डेकोरले चाडपर्वको अवसरमा ग्राहकलाई आर्थिक रूपमा समेत सहज हुने गरी छुट र उपहारको व्यवस्था गरेको जनाएको छ। घर,कार्यालय तथा अन्य प्रयोजनका लागि आवश्यक फर्निसिङ सामग्री खरिद गर्ने ग्राहकले अफरबाट लाभ लिन सक्नेछन।
प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका आचार्यले व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो व्यवसायको महत्वपुर्ण हिस्सा बनाउँदै आउनुभएको छ। व्यवसायबाट प्राप्त नाफाको केही प्रतिशत रकम हरेक वर्ष विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको उहाँले बताउनुभयो।
व्यवसायबाट कमाएको रकमको केही हिस्सा समाजमै फर्काउने सोचका साथ सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको आचार्यको भनाई छ। ग्राहकको विश्वास,व्यवसायप्रतिको जिम्मेवारी र सामाजिक सेवाको भावनालाई एकसाथ अघि बढाउने प्रयासस्वरूप डेकोरले यस वर्ष पनि चाडपर्व लक्षित अफरलाई निरन्तरता दिएको हो।
प्रतिक्रिया राख्नुहोस्