राम बहादुर बिश्वकर्मा
प्युठान,प्यूठानको गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भई हाल प्यूठान नगरपालिका -४ बिजुवारमा डेरा गरी बस्दै आएका ४२ वर्षीय राजेश सुनारको शव झिमरुक खोलाले बगाएको अवस्थामा ऐरावती गाउँपालिका-५ पकलामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानको प्राप्त जानकारीअनुसार सुनारको शव ऐरावती-५ पकलास्थित झिमरुक खोलामा फेला परेको हो। उनी बिजुवार गणतान्त्रिक खेलमैदान नजिकबाट बेपत्ता भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थल नजिक सुनारले प्रयोग गर्दै आएको लु १२ प ८३०० नम्बरको बजाज डिस्कभर मोटरसाइकल,चप्पल र मोबाइल फोन भेटिएको जनाइएको छ।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। सुनारको मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्