फलफूल तथा तरकारी व्यवसाय संघ प्यूठानको नेतृत्व परिवर्तन,न्यौपाने अध्यक्ष

फलफूल तथा तरकारी व्यवसाय संघ प्यूठानको नेतृत्व परिवर्तन,न्यौपाने अध्यक्ष

राम बहादुर बिश्वकर्मा 
प्यूठान,प्यूठान स्थित फलफूल तथा तरकारी व्यवसाय संघ प्यूठान को तेस्रो अधिवेशनले टुकलाल न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
शनिबार जुम्रीमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै संस्थागत जिम्मेवारी हस्तान्तरण गरेको हो।व्यवसायीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त अधिवेशनले संघलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बसन्त न्यौपाने,उपाध्यक्षमा तरुण बिष्ट,महासचिवमा मधुसुदन थापा क्षेत्री,सचिवमा अनिल कुमार गुवाजु चयन हुनुभएको छ।
त्यस्तै सहसचिवमा बासुदेव रेग्मी,कोषाध्यक्षमा टंकप्रसाद शर्मा पण्डित तथा सह-कोषाध्यक्षमा तुलसा बस्नेत रहनुभएको छ।अन्य सदस्यहरू पनि चयन भएका छन्।
व्यवसायीहरूले स्थानीय बजारमा देखिने मूल्य अस्थिरता,आपूर्ति व्यवस्थापन,ढुवानी समस्या र किसान-व्यवसायीबीचको समन्वयलाई सुधार गर्न नयाँ नेतृत्वले ठोस पहल गर्ने विश्वास व्यक्त गरेका छन्।अधिवेशनले संगठनलाई केवल संरचनात्मक रूपमा मात्र होइन,कार्यशैली र सेवामूलक दृष्टिकोणबाट पनि सुदृढ बनाउने अवसर प्रदान गरेको सहभागीहरूको भनाई छ।
नयाँ कार्यसमितिसँगै प्यूठानका फलफूल तथा तरकारी व्यवसायीहरूबीच सहकार्य,एकता र व्यावसायिक विकास अझ मजबुत हुने अपेक्षा गरिएको छ।