प्युठानको गौमुखि गाउँपालिकाद्वारा पलास्टिकजन्य मालाको बिक्री वितरण नगर्न आग्रह

प्युठानको गौमुखि गाउँपालिकाद्वारा पलास्टिकजन्य मालाको बिक्री वितरण नगर्न आग्रह

सीता बि.क
प्युठान,प्युठानको गौमुखि गाउँपालिकाले पलास्टिकजन्य मालाहरूको बिक्री वितरण नगर्न आग्रह गरेको छ।
एक सूचना जारी गर्दै गाउँपालिकाले प्राकृतिक फूलको माला खरिदबिक्री गर्न र प्लास्टिकजन्य मालाहरूको बिक्रीवितरण नगर्न आग्रह गरेको हो ।
निमित्त प्रमुख प्रसासकिय अधिकृत दुर्गा प्रसाद  सुवेदीले जारी गरेको सूचनामा भनिएको छ,“गौमुखी गाउँपालिका क्षेत्र भित्रमा प्लाष्टिकजन्य,खरजन्य, खादा,माता,फूल प्रयोग नगर्ने यसको सट्टा स्थानीय उत्पादन प्रवर्द्धन गर्न प्राकृतिक पुष्प प्रयोग गर्ने भन्ने निर्णय भएको छ। उक्त निर्णय प्रभावकारी कार्यान्वयनका लागि आउदै गरेको महान पर्व दिपावली(तिहार)को अवसरमा प्लाष्टिकजन्य,फूल,माला बिक्री वितरण नगर्न,नगराउनुहुन सम्पूर्ण व्यापारी वर्ग तथा आम सर्वसाधारणमा हार्दिक अनुरोध गरिन्छ।”पछिल्लो समय स्थानीय तहहरूले प्लास्टिकजन्य मालाहरूको बिक्रीवितरणलाई निरुस्ताहित गर्न थालेका छन।प्राकृतिक फूलको साटो प्लास्टिकजन्य मालाको प्रयोग बढ्न थालेपछि पालिकाले रोक्ने प्रयास गरेको बताइएको छ।उक्त निर्यण गर्ने पालिकाको रुपमा गौमुखी गाउँपालिका पहिलो रहेको छ।
पालिकाको निर्णयसँगै व्यावसायिक फूल खेती गर्दै आएका किसानले सकारात्मक रूपमा लिएका छन् । 
गौमुखि गाउँपालिकाले १५ औं गाउँ शभाले यस्तो निर्णय गरेको हो।