राम बहादुर बिश्वकर्मा
प्युठान,कोरोना भाइरसबाट सचेत रहन आग्रह गर्दै नेपाली कांग्रेस प्युठानका युवा नेता प्रमाेद पाेखरेलले मास्क निशुल्क वितरण अभियानको थालनी गरेका छन् ।
उनले अाफुले अध्ययन सुभारम्भ गरेकाे झिमरुक गाउपालिका स्थित प्रभात मावि अाहालखाेलाबाट शुरु भएकाे अभियान संगै झिमरुक गाउपालिका भित्रका प्रावि,निमावि,मावि,क्याम्पस मा अध्ययरत बिधार्थि, शिक्षक ,कर्मचारि हरुलाई निशुल्क रुपमा ५० हजार सर्जिकल माक्स बितरण गरेका हुन।
तस्बिर:आफै उपस्तिथित भई बिध्यालयमा निशुल्क माक्स बितरण गर्दै नेता पोख्रेल
सरकारलाई प्रश्नका साथै नागरिकलाई सक्दो सहयोगसँगै सचेतना फैलाउँदै जानेपर्नेमा नेता पोख्रेलले जोड दिए । सरकार जनताको स्वास्थप्रती गम्भीर हुन नसक्दा जनता एउटा माक्सबाट बन्चित रहेको बेला मास्कले जोखिमलाई केही कम गर्न सक्छ त्यसैले मास्क बितरण गर्ने योजना बनाए हु,मास्क निशुल्क वितरण अभियानले राहतको प्रत्याभूति गराउने पोख्रेलको भनाइ थियो ।
कोरोनाको चेन ब्रेक गर्ने भनेको नै माक्स भएको भन्दै सबैलाई अनिवार्य माक्स प्रयोग गर्न पोख्रेलको अपिल छ ।
उनले यसअघि पनि झिमरुक गाउँपालिकाका नागरिकलाई कोरोना महामारी पछि अलपत्र विद्यार्थी र मजदुरलाई स्थानीय सरकार सङ्ग समन्वय गरि आफ्नै खर्चमा घर सम्म पुर्याउनुका साथै खाध्यान्न समेत प्रदान गरेका थिए।
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नेता पोख्रेलले नागरिकको जीवनरक्षका लागि अहिले मास्क वितरण गर्न लागेका हुन्।कोरोना कहरकाबिचमा पनि उनले समस्यामा परेका झिमरुक बासी लगायत हरेक पालिकाका नागरिकलाई सहयोग गर्दै आएका छन्।
नेता पोख्रेलले बिगत देखी नै आफ्ना पालिकाबासी प्रति चनाखो भई सुखदुःखमा साथ दिईरहेको स्थानीयको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्