पालुवामै सुकेको प्रेम
शान्त राज गौतम
लामो समयको अन्तराल पछि मेरो प्यारो स्कुलले साथि पुर्वान एरी को सामाजिक सञ्जालमा आज फ्रेण्ड रिक्वेस्ट आयो । प्रोफाइल चेक गरे प्रष्ट चिने अनि सहजै स्वीकार गरेर कुरा अगाडि बढाय । मैले उसको प्रेम कहानी सोध्न मात्रै के सुरु गरको थिए उसले धाराप्रवाह व्यक्त गर्याे । किनकी हामी मन मिल्ने साथि थियौ । स्कुले जिवनमा उसको प्रेम अगाडि बढोस भनेर सानो सहयोग पनि गरेको थिए ।
उसले आफ्नो प्रेम कहानी सरसर्ती भन्दै भयो म भावुक बनेर सुनिरहे न कुनै प्रतिक्रिया दिन सके न सहयोग ।“स्कुल पढ्दा देखि प्रेम को विज अंकुराएको थियो त्यो तिमिलाई थाहै छ तर पछि टुसामा मै सुकेर गयो ।
धेरै पटक हेराहेर भयो तर बोल्न पनि बोलियो होला आकलझुकल ! तर अरु विषय मै । न प्रस्ताव गरियो न उता बाट आयो यसरी बर्षौ विते । पछि मुग्लानबाट फर्किएर कलेज बढ्दा तेसै गरी फेरी प्रेमको बिज अंकुरायो त्यो बिज पनि टुुसा मै हरायो । हेराहेर त कति भयो भयो , बोलीचाली राम्रै भयो तर गति अगाडी बढेन । म थोरै अगाडि बढे तर उनले प्रष्ट जवाफ दिईनन् । म भित्र अंकुराएको विजलाई फुलबारीमा सारेर गोडमेल गर्ने, हराभरा बनाउने, काल्पनिकता मै सिमीत भयो । सामाजिक सञ्जालको प्रयोग बढे संगै त्यसको प्रयोग मार्फत पनि धेरै बार्तालाप भए तर बास्तविकताको गहिरो तालमा न म डुवे न उनि डुविन । कहिले काँही हरियो सिंग्नल आउँला आउँला जस्तो गर्ने तर नआउने । आफु पनि अगाडी बढेर केही भनौ भन्यो डरले छाति फुलिएर आउने । यसै डराएर टुसालाई आफै सुकाए । लाग्थ्यो विचार मिल्छ, भावना मिल्छ , मन मिल्छ ,कुरा मिल्छ तर त्यो पनि भनाई मात्रै रहेछ ।
उनको चाल, जिउडान, मयुर कल्की केश र मुहार, मृग नयन ले मन उतै तानि रहन्थ्यो । पुलुक्क हेरेर केहि भन्लिन जस्तो पनि गर्थिन तर आफै रोकिन्थिन । च्याटमा केहि भने भने जस्तो गर्ने तर जवाफ प्रष्ट नहुने । उनकै नाममा कति–कति मुक्तक, गजल लेखियो त्यही मध्येको एउटा अंश मुक्तक तिमीलाई सुनाउछु ।।।”
दुनियाँले चर्चा गर्छ, यसै त धाक तिम्रो ।
कृष्ण बनि बस्न आउँकी, खाली देख्छु काख तिम्रो ।।
केश तिम्रो मयुर कल्की मुहार जुन सरी,
राधा सरी भनौ भने, फुलाँछौ नाक तिम्रो ।
उसको मुक्तक सुनेपछि एकछिन भावुक भए । फेरी उसले आफ्नो कथा सुनाउन सुरु गर्यो म चुपचाप भए । “क्रसरले थुपारेको बालुवाको पहाड भन्दा ठुलो यादको पहाड बनाइको छु । कहिले काँही तेहि पहाडमा आनन्दले निदाउछु अनि उनकै भाका गुनगुनाउछु ।” प्रमोद खरेलले गितमा भने झै
कुनै मोडमा साथि पाइदोरहेछ, कुनै मोडमा गुमाइदो रहेछ ।
याद गर्न लाई पनि कोहि न कोहि चाहिदो रहेछ ।
म चुपचाप सुनिरहे ..................... क्रमश .............
लाग्छ पुर्वान को त्यो अन्धो प्रेम हो कि सच्चा म बुझ्न खोज्दैछु ।
प्रतिक्रिया राख्नुहोस्