युवा ब्यबसायी श्रेष्ठ द्वारा युठान अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर प्रदान

युवा ब्यबसायी श्रेष्ठ द्वारा युठान अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर प्रदान

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका ३ जुम्री निवासी समाजसेवी तथा युवा ब्यबसायी  चन्द्रमान श्रेष्ठ ले निःशुल्क अक्सिजन सिलिन्डर प्रदान गर्नुभएको छ ।

कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने ५ थान भरि सहित १० थान अक्सिजन सिलिन्डर  ‘कोभिड विरुद्ध नागरिक अभियान ’ मार्फत निःशुल्क प्रदान गरिएको समाजसेवी श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल प्युठानमा रहेका कोभिडका बिरामीलाई अक्सिजन अभाबले उपचारमा समस्या भएको गुनासो आएपछि चन्द्रमान श्रेष्ठले ‘कोभिड विरुद्ध नागरिक अभियान ’मार्फत प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिलाई उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको हो।
 
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सिलिन्डर हस्तान्तरण गरिएको श्रेष्ठको भनाई छ । 
अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो ।

प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले संकटमा सरकारको मात्र मुख ताक्ने भन्दा पनि नागरिकहरुले पनि आफ्नो दायित्व निवार्ह गर्नुपर्ने भन्दै ब्यबसायी श्रेष्ठलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यस्तो महामारीको समयमा मानविय र सामाजिक उत्तरदायित्व पुरा गर्नुहुन सम्पुर्णमा उहाँको आग्रह छ।