राम बहादुर बिश्वकर्मा
प्युठान,समाजमा हुने छुवाछुत र जातीय विभेद पुर्णरूपमा अन्त्य हुनुपर्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो। जातीय विभेद गर्न नपाइने कानुनमा उल्लेख छ ।भुसालले भन्नुभयो ।"-जिल्लामा हुने यस्ता जातिय बिभेदका घटना आएमा कानुन संबद कार्बाही अगाडी बढ्छ।"
भर्खरै आउनुभएका प्रमुख जिल्ला अधिकरी, प्रहरी नायव उपरीक्षक र शसस्त्र प्रहरी नायब उपरीक्षकहरु लाई दलित मुक्तिका लागि जिल्लामा कृयाशिल निकायहरुले आयोजना गरेको परिचयात्मक तथा स्वागत कार्यक्रममा भुसालले यस्तो बताउनुभएको हो।
दलित माथी हुने कुनै पनि अन्याय अत्याचार र विभेद विरुद्धका मुद्दामा पारदर्शिता ल्याउने साझा सहमती समेत भएको आयोजक सस्थाले जनाएको छ।
दलित मुक्ति अभियानका केन्द्रिय सदस्य सन्तोष बि क ले समुदायमा जातीय छुवाछुतका असरहरू एकपछि अर्को गरी देखापरिरहनु र यस्ता घट्ना राजनितिकरण भइ पिडितले न्याय नपाइरहेको बताउनुभयो।कुनै दलमा राजनीतिक आस्था भएपनी दलितका हक अधिकार सुनिश्चितताका लागि दलितहरु नै एकताबद्ध हुनुको बिकल्प नदेखिएको बि क ले भन्नुभयो -"दलितमाथि विभेद भएको खण्डमा कारबाही गर्ने र दलित अधिकारको संरक्षण अनि कार्यान्वयनको क्षेत्रमा महत्वपूर्ण भूमिकासमेत खेल्नुपर्ने तहका मानिसहरूले समेत छुवाछुत लगायतका सामाजिक विसंगतिको सिकार बन्नु परिरहेको छ भने कपियले त अप्रत्यक्ष रूपमा अपहेलित हुनु परिरहेको छ।"
दलितका हक अधिकारका लागि बोलेर भन्दापनि व्यवहारमा लागू गर्न आवश्यक रहेको बताउदै लक्षित वर्गका हक अधिकारका लागि दलितहरु एकजुट हुनुपर्ने केन्द्रिय सदस्य बि क को भनाई छ।
प्रतिक्रिया राख्नुहोस्