प्युठानमा आज राति १२ बजेदेखि भाद्र १५ सम्म सवारी आवागमन बन्द

प्युठानमा  आज राति १२ बजेदेखि भाद्र १५ सम्म सवारी आवागमन बन्द


राम बहादुर बिश्वकर्मा

प्युठान,प्युठानमा मंगलबार राति १२ बजेदेखि बिहान भाद्र १५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालय प्युठानका अनुसार दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र अन्य जिल्लाबाट लुकीछिपी आउने प्रवृत्ति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरूको आवागमन नियन्त्रण गर्न जिल्लाभित्र गुड्ने अत्यावश्यक सबाॠ सवारी साधन बाहेक निजि तथा सार्बजनिक सबारी साधन आवागमनमा रोक लगाउने निर्णय गरिएको हो। साथै, अन्य जिल्ला तथा छिमेकी मुलुकबाट प्रवेश पास बिना प्रवेश गर्न सक्ने मानिसहरूका कारण कोभिड १९ को संक्रमणको जोखिम बढेको भन्दै त्यसरी प्रवेश गर्न नदिन जिल्ला प्रवेश गर्ने नाकाहरूमा हुने गरेको चेकिङलाई थप प्रभावकारी बनाउने निर्णय प्रशासनको छ। विदेशबाट आउने नेपालीहरूलाई होल्डिङ सेन्टरमार्फत् सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा पुर्‍याइने प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले बताए। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, जथाभावी हिँड्डुल नगर्नेजस्ता कार्यमा हेलचेक्र्याइँ बढी रहेका कारण हेलचेक्र्याइँ गर्ने उपर कानुन बमोजिम कारबाही गर्ने उनले बताए।