काठमाडौ । सरकारले लकडाउनका कारण बन्द रहेको सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दुए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए। ‘सुरक्षाका मापदण्ड पूरा गरेर भोलि देखि नै लागू हुने गरी यातायात सञ्चालन गर्न सकिनेछ’-मन्त्री खतिवडाले भने। काठमाडौँ उपत्यकाका तीन जिल्ला र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको मन्त्री खतिवडाले बताए ।
सार्वजनिक यातायातको हकमा सुरक्षालाई महत्वको साथमा लिनुपर्ने समेत उनको भनाई रहेको छ ।
Tags :
सम्बन्धित खवर
वडाबासीलाई मास्क प्रयोग गर्न आग्रह
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्