प्यूठान । प्यूठानमाबछुट्टाछुट्टै स्थानमा मंगलवार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सरुमारानी र स्वर्गद्धारीमा आज दिउँसो दुई जना महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जिल्लाको सरुमारानी गाउँपालिका वडा नंवर ३ स्थित धनमौरे सामुदायिक बनमा माण्डवी गाउँपालिका–३ की ७८ बर्षीया बृद्ध महिला फुलमती योगी मृत भेटिएकी हुन। माडीखोला किनारमा ढुंगाको आडमा भेटिएकि उनि यहि असार ८ गतेदेखि सम्पर्कबिहीन भएको समेत प्रहरीले बताएको हो।
त्यस्तै स्वर्गद्धारी नगरपालिका वडा नंवर– ३ जुडढुंगामा पनि एक महिलाको शब बेवारिसे अबस्थामा भेटिएको छ। माडीखोलाको बगरमा परिचय नखुलेकी अन्दाजी ४९-५० बर्षीया महिलाको शव फेला परेको हो । उनीहरुको मृत्युको कारण भने खुल्न सकेको छैन।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्