बाबुराम भट्टराई प्रधानमन्त्रीकाे सूचीमा !

ध्रुव लम्साल

तत्कालीन माओवादी नेता । त्यसपछि नयाँशक्ति पार्टीका संयोजक । फेरि संघिय समाजवादी पार्टीका संयोजक । अहिले जनता समाजवादी पाटी नेपालका नेता । पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई अब प्रधानमन्त्रीको शसक्त दाबेदारका रुपमा उभिए भन्दा कतिलाई विश्वास नलाग्न सक्छ । हाँसो पनि उठ्न सक्छ । नेकपा कार्यकर्तालाई त फिटिक्कै विश्वास लाग्दैन । ‘बाबुरामलाई अब आफ्नै क्षेत्रमा चुनाब जित्न गा-हो पर्छ ।’ नेकपा कार्यकर्ताले पछिल्लो समय गर्ने गरेको टिप्पणी हो । ‘बाबुराम अस्थिर छन्, पार्टीमा पटक्कै पकड छैन, आफ्नै कार्यकर्ता पनि रिझाउन सकेनन् ।’ अर्काथरिले उनको वारेमा टिप्पणी गर्छन् ।

‘छुद्र स्वभाव’ पनि उनको आलोचना गर्नेहरुका लागि अर्को ‘पिस’ हो । उनका ट्वीटमा उनकै बिरुद्ध आउने चर्को प्रतिक्रिया पढ्नेहरुलाई लाग्छ । ‘जनताको सर्वाधिक गाली खाने नेता बाबुराम नै हुन् । यस्ता मान्छे फेरि प्रधानमन्त्री हुन सक्दैनन् ।’

यो लोकतन्त्र हो । कसैको पनि व्यक्तिगत चरित्रमा आँच नआउनेगरि टिप्पणी गर्न पाइन्छ । क्रियाप्रतिक्रिया जनाउन पाइन्छ । आक्षेपयुक्त प्रतिक्रिया समेत सहजै स्वीकार्दै आएका पनि छन् बाबुरामले । राजनितीक यात्रा क्रममा उनले गरेका कतिपय आलोच्य कर्मले उनलाई अस्थिर नेता भन्न बल पु-याएको । तर, गत बुधबार मध्यरातमा भएको मधेशकेन्द्रित दुई राजनीतिक दलको साँठगाँठले पौने तीन वर्षपछि हुने निर्वाचनमा उनी प्रधानमन्त्रीका बलिया उम्मेदवारका रुपमा प्रस्तुत हुने मार्ग प्रसस्त भएको छ ।

प्रधानमन्त्री ओलीले म पनि भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने तर, भ्रष्टाचारमा संलग्नलाई बुइमा बोकेर हिँड्ने प्रवृत्ती जारी राखेकाले आगामी निर्वाचनमा नेकपाका लागि बहुमत लगभग टरेको छ । अब चुनाब जित्नका लागि केबल सिंहदरवारमा बस्नेहरुले मात्रै राम्रो काम गरेर पनि हुन्न । वडासदस्य समेतको काम गर्ने शैलिको समिक्षा गर्ने सामर्थ्य राख्छन् नेपाली जनता र त्यसैको आधारमा भोट हाल्छन् ।

ठूलै गडबडी नभएमा नेपालमा २ वर्ष १० महिनपछि संसदको तल्लो सदन प्रतिनिधि सभा निर्वाचन हुनेछ । उक्त निर्वाचनले २७५ सदस्य चयन गर्ने छ । निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीले सहभागिता जनाउन पाउने भएका छन् । २७५ मध्ये प्रत्यक्ष निर्वाचन प्रणालीवाट १६५ र समानुपातिक निर्वाचन प्रणालीवाट ११० प्रतिनिधी छानिने छन् । बहुमत ल्याउनका लागि कुनै पनि पार्टीले (प्रत्यक्ष र समानुपातिक) जोडेर १३८ सिट जित्नुपर्छ । यदि एउटै पार्टीले बहुमत ल्याउन सकेन भने विभिन्न पार्टी मिलेर सरकार बनाउन सक्छन् ।

गएको निर्वाचनमा तत्कालनि नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा बामगठबन्धन बनाएर निर्वाचनमा सहभागी भए । कुल २७५ सिटमध्ये तत्कालिन एमालेले १२१ र माओवादी केन्द्रले ५३ सिटमा बिजय हाँसिल गरे । गठबन्धनले जितेको सिट संख्या जोड्दा बहुमत सजिलै पुग्यो । बहुदलिय प्रजातन्त्र पूर्नस्थापनापछि लामो समय सत्ता सम्हाल्दै आएको नेपाली कांग्रेस ६३ सिटमा खुम्चियो भने मधेश केन्द्रित दल राष्ट्रिय जनतापाटी नेपालले १७ र संघिय समाजवादी फोरमले १६ सिट जित्यो ।

केही मधेशवादी दलले समेत सरकारलाई समर्थन गरेपछि पहिलो पटक केपी शर्मा ओलीको नेतृत्वमा दुईतिहाइको सरकार बन्यो । नेपालको इतिहासमा दुइतिहाई बहुमतको सरकार आफैंमा पहिलो घटना थियो । जब, केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । सरकारमा बस्नेहरुको फुर्तिको पारो ह्वात्तै बढ्यो । नेकपा कार्यकर्ताले ‘रामराज्य’ सुरु भयो शैलिमा सरकार र तिनका मन्त्रीहरुको प्रचार गर्न थाले भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वर्षौदेखी खाईपाई आएको भाग खोसिएकोमा रोयो मात्रै । सरकारले गरेका कतिपय गलत कार्यको विरोध समेत गर्न सकेन । उल्टै सरकारले गरेका केही जनहितकारी कार्यको समेत आलोचना ग-यो र जनताको विचमा माफियाको प्रतिनिधित्व गरेको आरोप खेप्यो । आजका मितिसम्म पनि कांग्रेसले सरकारको गलत शैलिको डटेर विरोध गर्न सकेको छैन । बरु बेला बेलामा ‘मगन्ते’ शैलिमा प्रस्तुत हुँदै कांग्रेस नेताहरु सरकारमा बस्नेहरुसंग भन्छन् ‘हाम्लाई पनि भाग चाहियो ।’

जब मिलिजुली सरकार बनाउने प्रकृया सुरू हुन्छ त्यतिवेला प्रधानमन्त्रीका रूपमा प्रचण्ड, माधब कुमार नेपाल, शेरबहादुर देउवा र डा. बाबुराम भट्टराइ शसक्त दाबेदारका रूपमा प्रस्तुत हुने छन्, त्याे अवस्थामा पल्लाभारी बाबुरामै हुने निश्चित छ ।

बिगतका सरकारका तुलनामा अहिलेको सरकारले केही राम्रो काम गरेको छ । पूर्वाधार निर्माणलगायत निती निर्माणतहमा ओली सरकारले खत्तमै ग-यो भन्न मिल्दैन । यसअघिका सरकारले यत्तिको काम पनि गरेका थिएनन् । तर, दुई तिहाई समर्थन प्राप्त सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो त्यो गर्न नसकेको घाम जत्तिकै छर्लङ्गै छ । प्रधानमन्त्री ओलीले म पनि भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने तर, भ्रष्टाचारमा संलग्नलाई बुइमा बोकेर हिँड्ने प्रवृत्ती जारी राखेकाले आगामी निर्वाचनमा नेकपाका लागि बहुमत लगभग टरेको छ । अब चुनाब जित्नका लागि केबल सिंहदरवारमा बस्नेहरुले मात्रै राम्रो काम गरेर पनि हुन्न । वडासदस्य समेतको काम गर्ने शैलिको समिक्षा गर्ने सामथ्र्य राख्छन् नेपाली जनता र त्यसैको आधारमा भोट हाल्छन् ।

स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीले जनताको काम गर्ने भन्दा पनि ठेक्का पट्टा मार्फत आफ्नै व्यापार बढाउने प्रतिष्पर्धामा उत्रिएकाले गर्दा नेकपालाई यसपाली जत्तिकै सिट जित्न मुस्किल पर्छ । नेकपा र कांग्रेसका नेताहरुलाई एउटा भ्रम छ । अर्को पार्टी कमजोर हुनु भनेको हाम्रो भोट बढ्नु हो । विगतमा विकल्प थिएन । त्यस्तै हुन्थ्यो । अब पहिला जस्तो हुँदैन ।

बाबुराम प्रधानमन्त्री हुने आधार

सरकारमा बस्नेहरुले कार्यशैलिमा सुधार नगरे पनि आगामी निर्वाचनमा ठूलो दल नेकपा नै हो । तर, बहुमत ल्याउने सम्भावना न्युन छ । कांग्रेसको केही सिट बढ्ला तर, पहिलो दल हुने सामथ्र्य गुमाइसकेको छ । यदि निर्वाचन अघि फुटेनन् भने बाबुराम नेतृत्वको जनता समाजवादी पाटी नेपाल तेस्रो दल हुने निश्चित छ ।

जब कुनै पनि पार्टीको स्पष्ट बहुमत आउदैन । मिलिजुली सरकार बनाउनुको विकल्प हुन्न । धेरै ब्याख्या गरिहन पर्दैन । मिलिजुली सरकारको प्रधानमन्त्री छान्ने काममा नेपाली राजनितीक दलहरुको भुमिका ४० प्रतिशत मात्रै छ । बाँकी ६० प्रतिशत सुझाब, सल्लाह र निर्देशन छिमेकीहरुले दिन्छन् ।

अर्को कुरा मन्त्रि जो पनि हुनसक्छ । पार्टीले पत्याएको वा प्रधानमन्त्रीले विश्वास गरेको व्यक्ति मन्त्रि हुन सक्छ । मन्त्रि हुनका लागि विषयगत ज्ञानको जरुरी हुन्न नेपालमा । तर, प्रधानमन्त्री हुने व्यक्तिमा केही फरक क्षमता हुनै पर्छ । विदेशी शक्तिराष्ट्रले पनि पत्याउनु पर्छ । केपी शर्मा ओलीपछि प्रधानमन्त्रीका सम्भावित दावेदार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार, नेपाल, शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई नै हुन् । यदि प्रत्यक्ष निर्वाचन जितेर आए भने बामदेब गौतम पनि दावेदार हुन् तर, उनले फेरि प्रत्यक्ष चुनाव लडेर जित्ने सम्भावना क्षिण भएर गएको छ ।