माण्डवीमा अग्रज मतदाताको खुला समर्थन : चुनाव जित्ने सूर्य थापा नै हुन्

माण्डवीमा अग्रज मतदाताको खुला समर्थन : चुनाव जित्ने सूर्य थापा नै हुन्

प्युठान,नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापालाई माण्डवी गाउँपालिकामा स्थानीय अग्रज नागरिक,ज्येष्ठ मतदाता तथा सामाजिक अगुवाहरूले खुलेर विजयको आशीर्वाद दिएका छन्। माण्डवी–४ अन्तर्गत सिरबारी,चौरपानी र डाँडाकटेरीमा सम्पन्न चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा अग्रजहरूले विगतदेखि निरन्तर दिएको समर्थनलाई यसपटक पनि दोहोर्‍याउने स्पष्ट सन्देश दिएका हुन्।
भेटघाटका क्रममा अग्रज मतदाताले“पहिले पनि हामीले तपाईंलाई भोट दिएकै हौं,अहिले पनि दिन्छौं। चुनाव जित्ने तपाईं नै हो।,”
भन्दै सूर्य थापाप्रति आफ्नो अटुट विश्वास व्यक्त गरे। उनीहरूले विकासका काममा देखिएको निरन्तर सक्रियता,जनताको दुःख–सुखमा सधैं साथ दिने व्यवहार तथा स्पष्ट राजनीतिक दृष्टिकोणकै कारण सूर्य थापा जनताको रोजाइमा रहेको बताए।
अग्रज नागरिकहरूले विशेषगरी सडक,शिक्षा,स्वास्थ्य, खानेपानी तथा ग्रामीण पूर्वाधार विकासमा भएको प्रगतिलाई स्मरण गर्दै एमाले नेतृत्वको सरकार हुँदा स्थानीय स्तरमै प्रत्यक्ष अनुभूत हुने काम भएको उल्लेख गरे। “काम गर्ने मान्छे फेरि जित्नुपर्छ”भन्ने भावना उनीहरूको भनाइमा स्पष्ट देखिन्थ्यो।
कार्यक्रममा उम्मेदवार सूर्य थापाले अग्रजहरूको आशीर्वाद,स्नेह र भरोसाप्रति आभार व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको बताउनुभयो। उहाँले माण्डवी क्षेत्रको समग्र विकास,युवाका लागि रोजगारी सिर्जना,कृषिको आधुनिकीकरण तथा सुशासनलाई आगामी कार्यदिशाको प्रमुख आधार बनाइने प्रतिबद्धता व्यक्त गरे।
उनले भने,“अग्रजहरूले देखाउनुभएको विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। यो विश्वासलाई भाषणले होइन,काम र परिणामबाटै सावित गर्नेछु।”चुनावी अभियानको क्रममा माण्डवीमा अग्रज नागरिकदेखि युवा र महिलासम्मको सक्रिय सहभागिता देखिन थालेको छ,जसले यहाँ एमालेप्रति जनसमर्थन थप सुदृढ हुँदै गएको संकेत गरेको स्थानीयको भनाई छ। राजनीतिक जानकारहरूका अनुसार अग्रजहरूको खुलेर आएको समर्थनले सूर्य थापाको चुनावी अभियानलाई थप उत्साह र बल प्रदान गरेको छ।