माण्डवीमा खेल्दै गरेको बालक जिपको टायर मुनि परेर मृत

राम बहादुर बिश्वकर्मा
प्युठान,माण्डवी गाउँपालिका-४,उदयपुरकोट,माझपोखरा स्थित जस्पुरदेखि उदयपुरकोट माझपोखरा जाँदै गरेको सवारी दुर्घटनामा ३ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार,मृतक बालक सोभ बहादुर थापाका ३ वर्षीय छोरा मिसन थापा खेलिरहेको बेला सडकमा रोकी राखिएको लु ३ च ६७७७ नम्बरको पिकअप जिपको टायर मुनि परेका थिए। चालक डिल बहादुर घर्तीमगरले बालकलाई नदेखी सवारी चलाउँदा यो दुर्घटना भएको हो।
घाइते बालकलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार,प्युठान पठाइएको थियो तर डाक्टरहरूले साँझ ६:०५ बजे उनको मृत्यु घोषणा गरेका छन्।
प्रहरीले दुर्घटनामा संलग्न पिकअप जिप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।