आकर्षक ब्यबस्थापन सहित बिजुवारमा "माल्भिका ज्वेलर्स"संचालनमा 

आकर्षक ब्यबस्थापन सहित बिजुवारमा "माल्भिका ज्वेलर्स"संचालनमा 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाको वडा नम्बर ४ बिजुवारमा सोमबारबाट माल्भिका ज्वेलर्स सुन चाँदी पसल सञ्चालनमा आएको छ।
माण्डबि गाउँपालिका वडा नम्बर ३ जस्पुर चकचके निवासी मिनराज गहतराजले प्युठानको बिजुवारमा माल्भिका ज्वैलर्स  सुनचाँदी पसल सञ्चालनमा ल्याएका हुन्।पसल सञ्चालनमा आएपछि स्थानीयहरु हर्सित भएका छन्।
करिब दुई दशक देखि लामाचौरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका गहतराजले ग्राहकलाई नयाँ ठाउँबाट सेवा दिन पसल सञ्चालन गरिएको बताए। सञ्चालन गरिएको सुनचाँदी पसलबाट शुद्ध र गुणस्तरीय सुन चाँदी विक्रि वितरण गर्ने बताएका छन्।साथै उनका अनुसार नजिकिदै गरेको तिजको अबसरमा ग्राहकलाई बिशेष छुटमा सेवा प्रदान गरिनेछ।सो उद्घाटन समारोहमा कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठ,उद्योग बाणिज्य संघ अध्यक्ष सन्देश आचार्य,निमतारा पोलिक्लिनिकका संचालक डा.सुवास जि.सि,स्वर्गद्वारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुन्ज बहादुर खड्का लगायत स्थानीयहरूको उलेखिय सहभागिता रहेको थियो।