संविधान सभा सदस्य रायमाझीको कृषि क्रान्ति : उद्योग देखि बाख्रापालनसम्म

संविधान सभा सदस्य रायमाझीको कृषि क्रान्ति : उद्योग देखि बाख्रापालनसम्म

सिता बि.क 
प्युठान,राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन्।एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन्।तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ।त्यसैको उदाहरण हुन् सरुमारानी गाउँपालिका धन बहादुर रायमाझी।

कुनै समय विद्यार्थी राजनीतिमा जति सक्रिय थिए सरुमारानी गाउँपालिका-१ बाङ्गेसालका रायमाझी उत्तिकै सक्रिय अहिले कृषि कर्ममा छन्।अहिले उनले राजनीतिक सँगसँगै कृषि कर्ममा अब्बल किसानको पहिचान बनाइसकेका छन्। 

अनेरास्ववियु हुँदै नेकपा एमालेको राजनीतिमा उक्लिएका रायमाझी सरल र मिलनसार व्यक्तिका रूपमा परिचित छन् । रायमाझीलाई सुरुमा भेट्नेले रूखो व्यक्तिका रूपमा चिन्न सक्छन् । किनभने उनी सीधा बोल्छन् । खरो बोल्छन् ।साथीभाइसँग बसेर रमाइलो गर्न,घुम्न र कार्यकर्ता संरक्षण गर्न उनी रमाउँछन् ।
राजनीतिक कार्यक्रमहरूमा पनि उनको प्राय उपस्थिति रहन्छ।पार्टी सङ्गठनमा समेत सकृय रहने रायमाझी  संविधान सभा सदस्य पनि हुन।नेकपा एमाले प्युठानको दुई कार्यकाल जिल्ला पार्टी अध्यक्षको नेतृत्व गरि अहिले पार्टिको लुम्बिनी प्रदेश सचिबालय सदस्यसमेत रहेका उनी पार्टीभित्र स्पष्ट वक्ताका रूपमा समेत परिचित छन्।
राजनीतिमा करिब ४० वर्ष बिताएका रायमाझीले पछिल्लो समय राजनीतिक सँगसँगै कृषि कर्ममा अब्बल किसानको पहिचान बनाइसकेका छन्।पार्टि कार्यकर्तालाई राजनीति सङ्गै कृषिमा जोडिन समेत उनी सुझाउँछन्।राजनीति समाजसेवाको रूपमा आफूले अनुभव गरेको बताउने रायमाझीले राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएका छन्।

‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ।मलाई माटोमा नंग्रा खियाउन,भकारो सोर्न,डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो ३ बर्ष देखि चलिरहेको छ’,उनले भने,राजनीतिक क्रान्ति त पूरा भयो,अब हामी यहाँ कृषि क्रान्ति गर्न चाहन्छौं,'भाषण गर्न त १-२ जना नेता भए पुग्छ बाकि कार्यकर्ता उत्पादनमा होमिनुको विकल्प छैन रायमाझीले भने,'हामी उदाहरण बन्न चाहन्छौं र हाम्रो काम देखेर अरूले त्यसको अनुकरण गरून् भन्ने चाहन्छौं।पार्टीले पनि उत्पादनमा जोड दिने कार्यदिशा अगाडि सारेको र सरकारले पनि आर्थिक समृद्धिको नारालाई अगाडि सारेको अवस्थामा आफैँ पनि त्यसमा सहभागी हुनुपर्छ भन्ने लागेर कृषि पेशामा लागेको उनको भनाइ छ।

राजनीतिक उपलब्धि प्राप्त भइसकेको अवस्थामा संविधानलाई कार्यान्वयन गर्दै आर्थिक विकासमा सबै एकजुट भएर जुट्नुपर्ने धारणाका रायमाझी ५ वर्षदेखि बहुउद्देश्यीय कृषी फर्म सन्चालनमा ल्याई उनी राजनीति सँगसँगै कृषि पेशा अङ्गालिरहेका छन। फर्म मार्फत भैसिपालन,बाख्रापालन र तरकारीखेती लाई आफ्नो आय स्रोतको रुपमा लिएका छन्।“पछिल्लो पटक राजनीतिमा लाग्ने मानिसहरु भ्रष्टाचारमा संलग्न छन् भन्ने आमगुनासो छ,”रायमाझी भन्छन्-“सामाजिक रुपमा हेर्दा राजनीति मात्रै गर्नेको जीवनशैली रवाफिलो देखिन्छ,जसले जनताको मनमा प्रश्न उब्जाइदिएको छ।यसलाई तोड्न पनि कृषि कर्ममा जोडिएको हू।”उनले थपे-“समय व्यवस्थापन गर्ने कुरा हो।मैले पहिलेको तुलनामा अझ बढी राजनीतिमा समय दिन सकेको छु।”त्यस्तै उनले स्वर्गद्वारी एक्ट्रे उद्योग समेत सन्चालनमा ल्याएका छन्।

६२ रोपनी जग्गा लिजमामा लिई हिउँदे मकै,१० वटा भैसीपालन,१०० बाख्रापालन,घाँसखेती गरिरहेका छन्।माषिक कृषी उपज बाट १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए।‘राजनीति विशुद्ध समाजसेवा हो।’,रायमाझी भन्छन्,‘युवा पिडिलाई कृषिमा उत्प्रेरित गराउने उद्देश्यले राजनीति सङ्गै मैले कृषि व्यावसाय सुरु गरेको हुँ। साथै उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए।‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ।काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ। त्यो स्वाभाविक पनि हो। समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ।अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’,उनले भने।राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने रायमाझीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानी मात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ।त्यो खुसीले उनकी श्रीमती लक्षिमा रायमाझीको खुसीको दायरा पनि फराकिलो बनाएको छ।‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु। पहिले मेरो श्रीमानको पनि कुरा काटेको सुन्थेँ।मन अमिलो हुन्थ्यो’,लक्षिमाले भनिन्,‘श्रीमानले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु।त्यसो सुन्दा राजनीतिक नाम,पद,पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो। र यसले निकै खुसी हुन्छ।’

रायमाझीले कृषिकर्म गरे पनि पार्टी काम छोडेका छैनन्।त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती लक्षिमा नै हुन्।
लामो समय शिक्षण पेशा,२०५४ सालको स्थानीय निर्वाचनमा बाङ्गेसाल गाबिसको अध्यक्ष पदमा निर्वाचित भई निरन्तर राजनीतिमै सक्रिय रायमाझी भन्छन् -“बीउ गुणस्तरीय हुने हो भने मासु र दूध उत्पादनमा वृद्धि हुन्छ।पढेलेखेका युवाले कृषिमा भविष्य बनाउन सक्छन् र यो आर्थिक सशक्तीकरणको एक माध्यम पनि हो भन्ने उदाहरण दिन यो पेशामा लागेको हूँ।”युवाहरुलाई कृषी आकर्षित गर्न ३ तहका सरकारले ध्यान दिनुपर्ने उनी बताउछन्।“कृषिलाई व्यावसायिक रुपमा गर्ने हो भने राम्रो कमाइ गर्न सकिन्छ।स्थानीय बासिन्दालाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न आफ्नो फर्मले सहयोग गरेको समेत बताए ।”उनका अनुसार अहिले पनि ७ जना पुर्णकालिन कर्मचारी लाई रोजगार प्रदान गरिएको छ। 
हालसम्ममा करीब ४० लाख लगानी भइसकेको उनको भनाइ छ । वर्षको २ लाख ४८ हजार तिर्ने गरी  जग्गा भाडामा लिएर फर्म संचालनमा आएको छ।