राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १४ औं संस्करण सोमबार बाट गणतान्त्रिक खेल मैदान बिजुवारमा सुरु भएको छ।जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जिल्लाको ९ स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको हो।प्रतियोगिताको जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम बहादुर जि सि ले उद्घाटन गर्नुभयो।उद्घाटन कार्यक्रममा प्रमुख जि सि ले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद प्रतिभाको पहिचान र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन्।प्रतियोगितामा भलिबल,कबड्डी,कराँते,तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
समितिका अनुसार जिल्लाका ९ वटा स्थानीय तह मध्ये ४ वटा स्थानिय तहले भाग लिएका छ्न।भाग लिने स्थानीय तहमा प्युठान नगरपालिका,स्वर्गद्वारी नगरपालिका,गौमुखि गाउँपालिका र सरुमारानी गाउँपालिका रहेका छन् ।
जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने बताएको छ।
खेलकुद बिकास समिती लुम्बिनी प्रदेश सदस्य बल बहादुर के.सि को अध्यक्षतामा सुरु भएको कार्यक्रमको सन्चाल्न पुष्कर शर्माले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्