प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित

प्यूठान,प्रेस सेन्टर नेपालको अध्यक्षमा प्यूठानका कमल गिरी निर्वाचित हुनुभएको छ।पाँचौ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा गिरी ३६६ मत प्राप्त गरेर अध्यक्षमा बिजयी हुनुभएको हो।
अध्यक्षका प्रतिस्पर्धी दिपेन्द्र रावलले १७५ मत पाउनुभयो।यसअघि गिरी वरिष्ठ उपाध्यक्ष र रावल उपाध्यक्ष हुनुहुन्थ्यो ।
वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी,महासचिव मनोज घर्ती मगर,उप-महासचिव ज्ञानप्रसाद पौडेल,खुला सचिव सुरेन्द्र चालिसे, खुला सचिव सन्तोष देउजा, महिला सचिव अन्जली थापा,समावेशी सचिव अवतार राई, कोषाध्यक्ष वसन्त गिरी बिजयी हुनुभएको छ ।