माओबादि केन्द्र सरुमारानी गाउँपालिकाको अध्यक्षमा गुप्त राना 

माओबादि केन्द्र सरुमारानी गाउँपालिकाको अध्यक्षमा गुप्त राना 

तुफान अधिकारी 
प्युठान,नेकपा (माओवादी केन्द्र )सरुमारानी गाउँपालिकाको तेस्रो अधिबेशन आज सम्पन्न भएको छ।अधिबेशनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा पुर्ब प्रदेश मन्त्री कृष्णध्वज खडका,नेकपा(माओवादी केन्द्र )का प्युठान जिल्ला इन्चार्ज तथा सविधानसभा सदस्य नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र )लुम्बिनी प्रदेश सचिब कृष्ण अधिकारी,नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्ध बहादुर बस्नेत लगायतले सम्बोधन गर्नु भएको थियो।अधिबेशनले गुप्त बहादुर राना अध्यक्ष,नुम बहादुर खाम्चा,चिन्त लोहार र यनुका घर्ती उपाध्यक्ष,देबि प्रसाद अधिकारी सचीव,नेत्र खनाल सहसचिव र योगेश सारु मगर कोषाध्यक्ष सहित ४५ सदस्यीय कमिटी चयन गरेको छ।सयौं जनता कार्यकर्ता सहभागी अधिबेशनमा  नेकपा (माओवादी केन्द्र )का प्रदेश कमिटी सदस्य लक्ष्मी पल्ली,कृष्ण बहादुर खाम्चा लगायत मोर्चा,जवस,बिभागका जिल्ला स्तरीय नेताहरूको समेत उपस्थिति रहेको  थियो ।