अखिल नेपाल किसान महासंघ प्युठानको अध्यक्षमा बस्नेत 

राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ जिल्ला प्युठानमा नयाँ नेतृत्व चयन गरिएको छ।महासंघको सातौं जिल्ला  अधिवेशनबाट भोज बहादुर बस्नेत अध्यक्ष रहने गरि नयाँ समिति चयन गरिएको हो। बस्नेत यस अघि माछा ब्यबसायी संघ लुम्बिनी प्रदेशको  संयोजक रहनु भएको थियो।
पार्टी कार्यालय बिजुवारमा आयोजना गरिएको अधिवेशनको उद्घाटन अखिल नेपाल किसान महासघ स्थायी कमिटी सदस्य नेहरसिह के सि रहनु भएको थियो। 
उद्घाटन सत्र लाई सम्बोधन गर्दै प्रमुख अतिथि नेहर सिह के सि ले किसानका हक हितका बारेमा चर्चा गर्दै विचौलियाहरु द्वारा किसानमा परेको समस्या न्युनिकरणमा जोड दिनु भयो। यस्तै नेपालको भुमिले कृषिक्रान्ति गर्ने मान्छे खोजेको तर युवाहरु भने विदेश तिर प्लायन भैरहेको कुरालाई लक्षित गर्दै कार्यक्रम केन्द्रिय स्तरका नेताले प्रशिक्षण सहित पार्टिलाई पनि बलियो बनाउन तर्फ सबै लाग्नु पर्ने बताउनुभयो। 
राज्यले कृषिको आधुनिकीकरण,व्यावसायीकरण,औद्योगिकरण,बिबिधिकरण, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तर्फ ध्यान दिदै कृषिलाई सामाजिक पेसाको रूपमा मान्यता दिई कृषक कल्याणका विविध प्याकेज लिनुपर्ने उहाँको धारणा थियो। 
नव निर्बाचित कार्यसमिति लाई बधाई दिदै नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले अब पार्टी राजनीति संगठन निर्माणसँगै उत्पादन र आत्मनिर्भरतिर अघि बढ्न आग्रह गर्नुभएको छ। 
सर्वसम्मत चयन गरिएको समितिमा उपाध्यक्ष गिता तिवारी,सचिब शिवराज गिरी,सह- सचिब राम प्रसाद पोख्रेलसहित २९ जना जिल्ला कमिटी चयन गरिएको बताइएको छ। 
महासघका अध्यक्ष बिष्णु के सि अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा एमाले पार्टिका विभिन्न जनबर्गिय संघ सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरु सयौँ किसान तथा सुवेच्छुक महानुभावहरुहरुको आतिथ्यता रहेको थियो।
आफ्नो कार्यकालमा नमुना योग्य महासघ बनाउने प्रतिबद्धता व्यक्त गर्दै नव निर्वाचित अध्यक्ष भोज बहादुर बस्नेतले समृद्धि आधार कृषि आजको पहिलो शर्त भएको बताउनुभयो। कृषि क्रान्ति विना कृषकको क्रयशक्तिको विकास हुन सक्दैन उहाँले भन्नुभयो-"राष्ट्रिय कच्चा पदार्थमा आधारित भएर मूलूक औधोगिकरणको बाटोमा लाग्न सक्दैन र दैनिक आयत हुने उपभोग्य वस्तुलाई विस्थापित गर्दै मूलूक आत्मनिर्भरको बाटोमा अग्रसर हुन सक्दैन र कृषि क्रान्ति विना समाजवादमा जाने आधार तयार हुन सक्दैन।"
जिल्लाबासी किसानको समस्या राज्य सङ्ग पुर्याउने,बजेट बिनियोजन,उत्पादित सामाग्रीको बजारीकरण लगायतका समस्या समाधानका लागि हरेक निकायमा समन्वय गर्नतर्फ दृढताका साथ लाग्ने नव निर्बाचित बस्नेतको भनाई छ।