सीता बि.क
प्युठान,किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन सरुमारानी गाउँपालिकाले जोत्ने मेसिन (मिनि टिलर) वितरण गरेको छ ।
गाउँपालिकाको आर्थिक सहयोग,हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र ग्रामीण बिकास समाज नेपालको सहजीकरणमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम परियोजनाको ५० प्रतिशत अनुदानमा ५० जना कृषक लाई उक्त सामाग्री वितरण गरिएको हो। गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले किसानलाई सामाग्री हस्तान्तरण गर्नुभयो।
कृषकलाई जोत्ने मेसिन(मिनि टिलर) हस्तान्तरण गर्नुहुदै सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा
हस्तान्तरण गर्दै अध्यक्ष बिश्वकर्माले नयाँ प्रविधिमार्फत कृषि पेशालाई सहज बनाउने,लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले पालिका मार्फत मिनी टिलर वितरण गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार किसानको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर बाडिएको हो।
सरुमारानी गाउँपालिका किसानको कल्याण गर्न परम्परागत कृषिलाई आधुनिक कृषिमा रुपान्तरण गर्न क्रियाशील रहदै कृषि क्षेत्रमा देखिने गरी काम भएको छ,उहाँले भन्नुभयो-"पालिका अण्डा तथा कुखुराको मासुमा आत्मनिर्भर उन्मुख छ,केहि कृषकहरु ब्यबसायिक तरकारी खेतिमा लागेका छन्,बाख्रा पालन,गाई तथा भैसिपालनमा केहि प्रगती भएको छ।"
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठकले गाउँपालिकाले चालु आवमा किसान केन्द्रित विभिन्न अनुदानका कार्यक्रम ल्याएको बताउनुभयो।
किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा विभिन्न उपकरण दिइएको उहाँले बताउनुभयो। यो वर्ष गाउँपालिकाले कृषिका लागि विभिन्न अनुदान कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो।
किसानको मागका आधारमा ती सामाग्री उपलब्ध गराइएको परियोजना संयोजक बेदराज पाण्डेले जानकारी दिनुभयो।
आर्थिक बिकास समिति संयोजक महोम्द हलिम हलुवाईले पछिल्लो समय कृषिमा जनशक्ति अभाव हुँदै गएको अवस्थामा प्रविधिमैत्री कृषि बनाउन सके उत्पादन र उत्पादकत्वमा समेत सुधार गर्न सकिने बताउनुभयो।
आफ्नो भनाई राख्नुहुदै आर्थिक बिकास समिति संयोजक महोम्द हलिम हलुवाई
कृषकलाई मिनि टिलर बितरण पश्चात् पालिकाबासिले पराम्परागत तरिकाले गर्दै आएको कृषि क्षेत्रलाई प्रविधिमैत्रीमा रूपान्तरण गर्दा आर्थिक रूपमा समेत टेवा हुने तर्क गर्नुभयो।
अनुदानमा ट्रयाक्टर पाएपछि किसान खुसी भएका छन्।
पछिल्लो समयमा गोरुको विकल्पमा कृषकहरूले यन्त्र प्रयोग गर्न थालेका छन् । मिनी टिलरबाट छिटो हुने,गोरु पाल्न नपर्ने, झन्झट नहुने भएको कारण आधुनिक यन्त्रमा किसानको मोह बढ्दै गएको छ।
कृषि यन्त्र वितरणले सरुमारानीमा कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
बडडामा हस्तान्तरण गरिएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष नर बहादुर घर्ती,२ नम्बर वडा अध्यक्ष भानुभक्त भुसाल,४ नम्बर वडा अध्यक्ष चिन्त बहादुर सोमै मगर,६ नम्बर वडा अध्यक्ष तिल बहादुर बुढा,कार्यपालिका सदस्य पुर्खसिंह सुनार लगायतको उपस्थिति रहेको थियो। भने कार्यक्रमको सन्चालन परियोजनाका संयोजक बेदराज पाण्डेले गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्