सीता बि.क
प्युठान,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सलिम मियाले प्रेस चौतारी नेपाल आम जनताको आवाज बोल्ने सङ्गठन बनेको बताउनुभएको छ।
हरेक कालखण्डको गौरवपूर्ण इतिहासलाई जीवन्त राख्नका निमित्त प्रेस चौतारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउदै देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न र स्थापना पस्चात स्थानीय मुद्दा उठाउदै जनतालाई सही सूचना दिने कुरामा प्रेस चौतारीले आफ्नो भूमिका निर्बाह गरेको बताउनुभयो।
प्रेस चौतारीको सरुमारानी गाउँपालिका स्तरिय भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मियाँले उहाँले पछिल्लो समय दलिय स्वार्थमा लागेर सञ्चार माध्यमबाट गलत सूचना आउने गरेको भन्दै सत्य र तथ्यपरक समाचार सम्प्रेषन गर्नुपर्नेमा जोड दिनुभयो।प्रेस चौतारी एमालेकै जनसंगठन हो भन्ने आम कार्यकर्तामाझ बुझाउनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो ।
नव गठित समितिका पदाधिकारीलाई सहयोग गर्ने वचन दिँदै सरुमारानी गाउँपालिकाको पत्रकारितालाई उर्वर भूमि बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानका सचिब राम बहादुर बिश्वकर्माले सञ्चार माध्यमबाट प्रेस चौतारीले हरेक बिषयमा समाजका हित र न्यायका विषयमा काम गरिरहेको बताउनुभयो।
नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधीहरुले गरेका उदाहरणीय कार्यलाई समाचारको माध्यमबाट सत्य तथ्यका साथ जनता समक्ष पस्किदै आफुलाई अब्बल बनाउदै चौतारीका सदस्य जानुपर्नेमा जोड दिनुभयो।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य प्यार अलि खानले नेकपा एमाले निगट जन संगठन प्रेस चौतारी कहिले पनि व्यक्तिगत स्वार्थ राजनीतिक प्रभावबाट बिचल्लित नभई समाजमा सुशासनका लागि वकालत गर्ने एक मात्र सङ्गठन भएको दावी गर्नुभयो। त्यस्तै उहाँले कुशासन हाबी भएको ठाउँमा प्रेस चौतारी नेपाल न्याय,सुशासन र समृद्धिका लागि अगाडी बढ्नुपर्ने बताउनुभयो।
यसैविच,बड्डाडामा आयोजित प्रेस चौतारीको सरुमारानी भेलाले शिशिर रायमाझीको अध्यक्षतामा ११ सदस्यीय कमिटि चयन गरेको छ।जसको उपाध्यक्षमा जीवन चर्ती,सचिवमा प्रतिक्षा राना, सहसचिव रुद्र पुन मगर र कोषाध्यक्ष आकाश केसी रहनुभएको छ।
त्यसैगरी सदस्यहरुमा शोभा चर्ती,पवित्रा सोमै,कृष्ण बिक र सागर बिक रहनुभएको छ।अरु दुई जना सदस्य भने पहिलो बैठकले मनोनित गर्ने छ।
प्रतिक्रिया राख्नुहोस्