मेयर कोष मार्फत प्युठान नगरपालिकाले दियाे,ज्ञानज्योति प्राबिका बिद्यार्थीलाई पोशाक 

मेयर कोष मार्फत प्युठान नगरपालिकाले दियाे,ज्ञानज्योति प्राबिका बिद्यार्थीलाई पोशाक 

सीता बि.क
प्युठान,प्युठान नगरपालिकाका नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले जाडोको न्यानो कपडा वितरण गरेका छन्।नगरका बालबालिकाहरुलाई चिसोबाट जोगाउनका लागि उनले न्यानो कपडा वितरण गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि प्युठान नगरपालिका-५ स्थित ज्ञानज्योति प्राथमिक बिधालय पातलकटेरीका १ सय ४३ जना बिद्यार्थीलाई विद्यालयमै पुगेर पोसाक बितरण गरेका हुन। 
जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले मेयर कोष मार्फत न्यानो कपडा वितरण गरिएको नगर प्रमुख योगिले जानकारी दिए।विद्यालयको बाल बिकास देखि कक्षा ५ सम्म अध्ययनरत रहेका सबै बिद्यार्थीहरुलाई न्यानो पोसाक  पाउँदा बालबालिकाहरुमा खुसी छाएको उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका प्रवक्ता तथा ३ नंम्बर वडा अध्यक्ष सुमन श्रेष्ठले न्यानो कपडा वितरण कार्यक्रमले कक्षा १ देखि ५ सम्ममा अध्ययन गरिरहेका  बिद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएर नगर प्रमुख योगिले प्रशंसनीय कार्य गरेको बताए।उनले नगरलाई नमुना बनाउने अभियानमा आफूहरु लागेकोले उक्त अभियान सफल पार्न आग्रह गरे। पोसाक वितरण कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष नन्दराम पुन,विद्यलय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणि थापा,प्रध्यानाध्यापक पुष्पा अधिकारी जनप्रतिनिधि,अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।