अनेरास्ववियु प्युठान नगर कमिटीको अध्यक्षमा दिपक चयन

सीता बि.क
प्युठान,नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन(अनेरास्ववियु)को प्युठान नगरपालिका स्तरीय नगर कमिटीको अध्यक्षमा दिपक पुन सर्वसम्मत चयन भएका छन्।
प्युठान नगरपालिका-४ स्थित उमेशचन्द्र स्मृति भवनको हलमा बिहिवार सम्पन्न प्रथम अधिवेशनले पुनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
अधिवेशनले पुनको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ।जिल्ला कमिटीको उपाध्यक्षमा निमबहादुर खत्री,अनिल वि.क,महिला उपाध्यक्षमा वर्षा सुनार,सचिवमा विपना रोकामगर,महिला सचिवमा आकृति बस्नेत,सह-सचिवमा दिनेश केसी,सह-सचिव: सुजल खड्का तथा कोषाध्यक्षमा आशिष भण्डारीलाई चयन गरेको छ।
त्यस्तै सदस्यहरुमा अभिशेक सुनार,मिरा सुनार,निहाल सुनार, तालबहादुर केसी, विजय थापा क्षेत्री,गणेश घर्तिमगर,अमन सुनार,अभिशेक खत्री,विशाल सुनार,ममता सुनार,तुल्सिराम भुसाल, दानबहादुर पुनमगर,लक्ष्मी विक,रोमन खत्री,बषन्त खड्का,दिलिप केएम,विराज विक,प्रेम परियार, आर्ज केसी, अन्जली केसी अन्सु परियार,जुना केसी,मिलन थापा,पदम पुनमगर,विक्रम केएम,प्रतिक्षा खड्का,सन्दिप सुनार,सन्जय सुनार,हिरा परियार,विराज वि.क,इन्दिरा भण्डारी,नविना बस्नेत,अभिशेक जिसी,प्रिया बस्नेत,सलिना गिरी,प्रज्वल रावत चयन भएका छन्।

तस्बिर : नवनिर्वाचित अनेरास्ववियु प्युठान नगरकमिटि

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष अतिथी बिजयबिराज बिष्टले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिदै ब्यबस्था परिबर्तनका हरेक चरणमा अनेरास्ववियुको महत्वपुर्ण भुमिका रहेको बताए।स्वतन्त्रता र राजनितिक अधिकार प्राप्तिको आन्दोलनबाट सुरु भएको नेपाली बिध्यार्थी आन्दोलनले आजको मितिसम्म आइपुग्दा बिशाल बलिदानको सगरमाथा निर्माण गरेको छ। उनले भने" जुन बलिदानका कारण आज नेपाल संघीय लोकतान्त्रीक गनतन्त्रात्मक राज्य बनेको हो।"

तस्बिर : नवनिर्वाचित अनेरास्ववियु प्युठान नगरकमिटीको टिमलाई शुभकामना दिनुहुँदै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजयबिराज बिष्ट 

 

अनुका अनुसार  सामाजिक/सास्कृतिक रुपान्तरणको मियो र शैक्षिक सुधारको सतिसाल बनेको अनेरास्ववियु कुनै पनि हालतमा डगमगाउने वा बाटो बिराउने होइन अबिछिन्न अगाडि बढ्नु पर्दछ।
आगामी  २ वर्षको लागि चुनिएको नयाँ नेतृत्वले प्युठान नगरपालिकाको समग्र विद्यार्थी आन्दोलनलाई थप मजबुती बनाउने नवनिर्वाचित अध्यक्ष पुनले बताए।
जनताको भविष्यको भरोसा भनेको अहिलेको युवा विद्यार्थी नेतृत्व भएकाले प्युठान नगरपालिकाको शिक्षा क्षेत्रमा हुने विकृति र विसंगतिका बिरुद्ध आफ्नो नेतृत्व केन्द्रित हुने प्रतिबद्धता समेत व्यक्त गरे। नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष बिष्टले उद्घाटन गरेको अधिवेसनमा नेकपा एमाले नगर कमिटिका अध्यक्ष गिरु भण्डारी,नेता लक्ष्मी प्रकाश राज भण्डारी,लछुमन भण्डारी,चिरञ्जीवी भण्डारी,बिजयसिह भारती,इश्वरा आचार्य,एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष बिशेक थापा,हरि जैसी,महेश पाण्डे,विनायक थापा,जाल बहादुर क्षेत्रि,आकाश भण्डारी,दिल बहादुर दसौंती,अनेरास्ववियु प्युठानका टेकराज के.सि लगायतको उपस्थिति रहेको थियो।